View Point Long Banner Ad

रुसको सहयोगमा चन्द्रमामा आधार शिविर बनाउँदै चीन

चीनले चन्द्रमाको दक्षिणी ध्रुवमा मानव आधार शिविरनिर्माण गर्ने तयारी गरेको छ । उक्त मानवीय आधार सिविरको नाम लूनर बेस वा मून बेस हुने ।

चीनको अन्तरिक्ष एजेन्सी CNSA (चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशन) ले यस विषयमा आफ्नो योजना सार्वजनिक गरिसकेको छ । जसअनुसार उक्त मून बेस दुई चरणमा निर्माण हुनेछ। पहिलो २०३० मा र दोस्रो २०३५ मा । चीनको उक्त योजनामा रूसले पनि सहयोग गरिरहेको छ ।

वास्तवमा चीन र रूस मिलेर अन्तर्राष्ट्रिय लूनर अनुसन्धान स्टेशन (ILRS) निर्माण गर्न गइरहेका छन्। जसअन्तर्गत २०३० देखि २०३५ को बीचमा पाँचवटा सुपर हेभी लिफ्ट रकेटहरू मार्फत निर्माण सामग्रीहरू चन्द्रमामा पठाइनेछ । जसबाट चन्द्रमामा आधारभूत रोबोटिक मून बेस निर्माण हुनेछ ।

चीनले यो प्रोजेक्टको नेतृत्व गरिरहेको छ । उसले हालै अनहुईमा सम्पन्न इन्टरनेशनल डीप स्पेस एक्सप्लोरेशन सम्मेलनमा आफ्नो योजनाको खुलासा गरेको हो ।

पहिलो चरण : चीनले २०३५ सम्ममा आफ्नो पहिलो चरण पूरा गर्नेछ । यो चन्द्रमाको दक्षिणी ध्रुवको नजिक हुनेछ ।

दोस्रो चरण : तत् पश्चात् यसको विस्तारित आधार शिविर सन् २०५० सम्ममा निर्माण गरिनेछ।

दक्षिणी ध्रुवमा प्राइमरी बेसविस्तारित बेस झनै विकसित

चीनको डीप स्पेस एक्सप्लोरेशन प्रोजेक्टका प्रमुख डिजाइनर वू यानहुआका अनुसार विस्तारित मोडेलमा लूनर स्टेशन नेटवर्क हुनेछ । यसले लूनर अर्बिट स्टेशनको केन्द्रीय हबको रुपमा काम गर्नेछ ।

साथै यो दक्षिणी ध्रुवमा रहेको प्राइमरी बेससँग सम्पर्कमा हुनेछ । यसका अतिरिक्त, चन्द्रमाको अँध्यारो भागमा नोड बनाइनेछ । नोड भनेको चलायमान संरचना हो, जुन अनुसन्धानका लागि सो क्षेत्रमा पठाइनेछ र आवश्यक परेमा त्यसलाई तत्कालै चन्द्रमाको उज्यालो भागमा ल्याउन सकिनेछ ।

ऊर्जाका लागि सौर्यरेडियोआइसोटोप र आणविक शक्ति

वूका अनुसार यो लूनर स्टेशन र बेसले सौर्य ऊर्जा, रेडियोआइसोटोप र न्यूक्लियर जेनेरेटरबाट ऊर्जा प्राप्त गर्नेछ । त्यसपछि चन्द्रमामा उच्च गतियुक्त चन्द्र सतह सञ्चार नेटवर्क बनाइनेछ । यसमा हपर, चालक रहित लामो दूरीका गाडीहरू, प्रेशराइज्ड र अनप्रेशराइज्ड मानवयुक्त रोभर पनि हुनेछन् ।


पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८० भन्दा बढी घाइते

पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८०...

वि.सं.२०८२ असोज २९ बुधवार १३:४५

स्पिन बोल्दाक । अफगानिस्तान–पाकिस्तान सीमामा भएको  झडपमा कम्तीमा १५ जना...

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

वि.सं.२०८२ असोज २६ आइतवार १६:००

२६ असोज, काठमाडौं । बेलायतमा सञ्चालित ‘एक्सरसाइज क्यामब्रेन पेट्रोल २०२५’...

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको तालिवानको दाबी

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको...

वि.सं.२०८२ असोज २६ आइतवार १४:४३

काबुल । पाकिस्तान गरेको आक्रमणको बदला लिन गरिएको कारबाहीमा ५०...

हलिउड अभिनेत्री डायन किटनको निधन

हलिउड अभिनेत्री डायन किटनको निधन

वि.सं.२०८२ असोज २६ आइतवार १०:५८

लस एञ्जलस । प्रसिद्ध हलिउड अभिनेत्री डायन किटनको निधन भएको...

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको मृत्यु

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको...

वि.सं.२०८२ असोज २६ आइतवार १०:३५

२६ असोज, काठमाडौं। इजिप्टको प्रसिद्ध रिसोर्ट शहर शर्म अल-शेख नजिक...

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के भन्छन् ट्रम्पका छोरा ?

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के...

वि.सं.२०८२ असोज २४ शुक्रवार १४:१५

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कारको...