View Point Long Banner Ad

लिग २ मा आज नेपाल र ओमान भिड्दै

काठमाडौं । आईसीसी विश्वकप लिग २ का लागि क्यानडा भ्रमण रहेको नेपाली टोलीले आज ओमानसँग खेल्दैछ ।

खेल नेपाली समयअनुसार किंग सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ ।

त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल आयोजक क्यानडासँगफराकिलो अन्तरले पराजितभएको थियो ।

नेपालले लिग २ को सुरुआत नै कमजोर प्रदर्शनबाट गरेको हो । ७ महिनाअघि घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिमा नेपालले ३ खेलमा हार बेहोरेको थियो । नामिबियासँग २ र नेदरल्याण्ड्ससँग एक खेलमा पराजित भएको थियो ।

क्यानडा भ्रमणका क्रममा पनि नेपालले हारको शृङखला दोहोर्‍याएको छ, जुन जित्न आवश्यक थियो । नेपाल शीर्ष स्थानमा रहँदैनम्बर वान एशोसिएट राष्ट बन्न देशबाहिरका खेल जित्न जरुरीछ ।

नेपाल लिग २ का पाँच खेलमध्ये ४ मा पराजित हुँदा २ अंकका साथ सातौं स्थानमा छ । आजको प्रतिस्पर्धी ओमान चार खेलबाट ३ अंक जोडेर नेपालभन्दा एक स्थान माथि छ । पछिल्ला पाँच खेलमा नेपाल ३ र ओमान २ खेलमा विजयी भएका छन् ।

यो सिरिजअन्तर्गत नेपालले क्यानडासँग अर्काे खेल ६ गते र ओमानसँग ८ गते खेल्नेछ ।

ओडीआई सिरिजपछि नेपालले क्यानडा र ओमानसँगै टी-२० सिरिज पनि खेल्नेछ ।

त्यसपछि नेपालले क्यानडा वा ए टोलीसँग थप दुई एकदिवसीय अभ्यास खेल खेल्ने सम्भावना छ ।

यो सिरिज सकेर नेपाल लिग २ का लागि अमेरिका जानेछ । त्यहाँ अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक रटी-२० आई दुवै सिरिज हुनेछ ।

क्यानडा र अमेरिकामा हुने खेलका लागि क्यानले रोहित पौडेलको कप्तानीमा१६ सदस्सयीय टोली घोषणागरेको छ भनेजगत टमटालाई कन्सल्टेन्ट कोचसमेत नियुक्तगरेको छ ।


बसिरको सानदार ब्याटिङले जिताउन सकेन नेपाललाई, कुवेतसँग ३ रनले पराजित

बसिरको सानदार ब्याटिङले जिताउन सकेन नेपाललाई, कुवेतसँग...

वि.सं.२०८१ चैत ३१ आइतवार १५:३१

  ३१ चैत, काठमाडौं । बसिर अहमदले करियरकै सानदार ब्याटिङ...

दसौं राष्ट्रिय खेलकुद ः ११ उपसमितिमा सचिव नियुक्त

दसौं राष्ट्रिय खेलकुद ः ११ उपसमितिमा सचिव...

वि.सं.२०८१ चैत २६ मंगलवार १५:१७

२६ चैत, काठमाडौं । दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ११ वटा...

हङकङमा हुने टी–२०आई शृंखलाका लागि ज्ञानेन्द्र मल्ल नेपालको प्रशिक्षक

हङकङमा हुने टी–२०आई शृंखलाका लागि ज्ञानेन्द्र मल्ल...

वि.सं.२०८१ चैत २२ शुक्रवार १२:२५

२२ चैत, काठमाडौं । आगामी सातादेखि हङकङमा सुरु हुने चारदेशीय...

कर्णालीविरुद्ध पुलिस १४७ रनमा अलआउट

कर्णालीविरुद्ध पुलिस १४७ रनमा अलआउट

वि.सं.२०८१ चैत १२ मंगलवार १४:५६

१२ चैत, काठमाडौं । अनुज चनाराले ४ तथा दिवान पुनले...

पीएम कपमा १०० विकेट पूरा गर्दै ललितले बनाए कीर्तिमान

पीएम कपमा १०० विकेट पूरा गर्दै ललितले...

वि.सं.२०८१ चैत १२ मंगलवार १४:५२

  १२ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य...

ललितको घातक बलिङमा एपीएफ ९४ रनमै अलआउट

ललितको घातक बलिङमा एपीएफ ९४ रनमै अलआउट

वि.सं.२०८१ चैत १ शुक्रवार १२:०४

१ चैत, काठमाडौं । नेपाल पुलिस क्लबका स्पीनर ललित राजवंशीले...