View Point Long Banner Ad

केजरीवालले आज मुख्यमन्त्री पदबाट राजीनामा दिने

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार पदबाट राजीनामा दिने भएका छन् ।

दिल्लीका लेफ्टिनेन्ट गभर्नर विनय सक्सेनाले अपरान्ह साढे चार बजे मुख्यमन्त्री केजरीवाललाई भेट्ने समय दिएका छन् । सक्सेनासँगको भेटमा केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिने बताईएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार सेप्टेम्बर १३ मा मदिरा नीति मुद्दामा सर्वोच्च अदालतबाट जमानत पाएपछि केजरीवालले सेप्टेम्बर १५ मा मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए । केजरीवालको राजीनामाको घोषणापछि आतिशी, कैलाश गहलोत, गोपाल राई र सुनिता केजरीवालमध्ये कुनै एक दिल्लीको मुख्यमन्त्री बन्न सक्ने चर्चा छ ।

केजरीवाल अब हरियाणाको चुनावी प्रचारमा केन्द्रित हुने बताइएको छ । हरियाणामा अक्टोबर ५ मा मतदान हुनेछ । उनी जम्मू कश्मीर विधानसभा चुनाव प्रचारमा जाने बताइएको छ


पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८० भन्दा बढी घाइते

पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८०...

वि.सं.२०८२ असोज २९ बुधवार १३:४५

स्पिन बोल्दाक । अफगानिस्तान–पाकिस्तान सीमामा भएको  झडपमा कम्तीमा १५ जना...

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

वि.सं.२०८२ असोज २६ आइतवार १६:००

२६ असोज, काठमाडौं । बेलायतमा सञ्चालित ‘एक्सरसाइज क्यामब्रेन पेट्रोल २०२५’...

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको तालिवानको दाबी

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको...

वि.सं.२०८२ असोज २६ आइतवार १४:४३

काबुल । पाकिस्तान गरेको आक्रमणको बदला लिन गरिएको कारबाहीमा ५०...

हलिउड अभिनेत्री डायन किटनको निधन

हलिउड अभिनेत्री डायन किटनको निधन

वि.सं.२०८२ असोज २६ आइतवार १०:५८

लस एञ्जलस । प्रसिद्ध हलिउड अभिनेत्री डायन किटनको निधन भएको...

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको मृत्यु

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको...

वि.सं.२०८२ असोज २६ आइतवार १०:३५

२६ असोज, काठमाडौं। इजिप्टको प्रसिद्ध रिसोर्ट शहर शर्म अल-शेख नजिक...

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के भन्छन् ट्रम्पका छोरा ?

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के...

वि.सं.२०८२ असोज २४ शुक्रवार १४:१५

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कारको...