View Point Long Banner Ad

जापानमा वृद्धवृद्धाको संख्या उच्च

जापानमा यस वर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको संख्या तीन करोड ६२ लाख ५० हजार पुगेको सरकारी तथ्यांकले देखाएको छ।

जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार जापानको कुल जनसंख्याको २९.३ प्रतिशत वृद्धवृद्धा छन्।

विश्वका २०० देश र एक लाखभन्दा बढी जनसंख्या भएका क्षेत्रको सूचीमा ज्येष्ठ नागरिकको अनुपातका आधारमा जापान शीर्ष स्थानमा रहेको मन्त्रालयले जनाएको छ।

इटाली, पोर्चुगल, ग्रिस, फिनल्यान्ड, जर्मनी र क्रोएसियाले युरोपको प्रतिनिधित्व गर्दै शीर्ष १० मा २० प्रतिशतभन्दा बढी वृद्धवृद्धाको जनसंख्या दर भएका मुलुकका रूपमा प्रतिनिधित्व गरेका छन्। दक्षिण कोरिया १९.३ प्रतिशत र चीन १४.७ प्रतिशत वृद्धवृद्धाको जनसंख्या रहेको छ।

जापानले बढ्दो जनसंख्या संकटको सामना गरिरहेको छ। बढ्दो वृद्ध जनसंख्याले चिकित्सा र कल्याणकारी लागत बढाउँछ। साथै, यसको लागि भुक्तानी गर्न श्रम शक्ति घट्दै जान्छ।

जापानको सरकारी तथ्यांकअनुसार देशको कुल जनसंख्या पाँच लाख ९५ हजारले घटेर १२ करोड ४० लाखमा झरेको छ।

आइतबारको तथ्यांकअनुसार सन् २०२३ मा जापानमा ९१ लाख ४० हजार वृद्धवृद्धाले कुनै न कुनै रोजगारी पाएका छन्। उनीहरूले कुल श्रमशक्तिको १३.५ प्रतिशत प्रतिनिधित्व गर्छन् वा हरेक सातमा एकजना रोजगार कर्मचारीको प्रतिनिधित्व गर्छन्।

जापान सरकारले आफ्नो जनसंख्याको ह्रास र वृद्धवृद्धाको जनसंख्यालाई सन्तुलनमा राख्ने प्रयासस्वरूप विभिन्न योजनाहरू सार्वजनिक गरेको भए पनि यसले सार्थकता पाउन सकेको छैन।


पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८० भन्दा बढी घाइते

पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८०...

वि.सं.२०८२ असोज २९ बुधवार १३:४५

स्पिन बोल्दाक । अफगानिस्तान–पाकिस्तान सीमामा भएको  झडपमा कम्तीमा १५ जना...

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

वि.सं.२०८२ असोज २६ आइतवार १६:००

२६ असोज, काठमाडौं । बेलायतमा सञ्चालित ‘एक्सरसाइज क्यामब्रेन पेट्रोल २०२५’...

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको तालिवानको दाबी

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको...

वि.सं.२०८२ असोज २६ आइतवार १४:४३

काबुल । पाकिस्तान गरेको आक्रमणको बदला लिन गरिएको कारबाहीमा ५०...

हलिउड अभिनेत्री डायन किटनको निधन

हलिउड अभिनेत्री डायन किटनको निधन

वि.सं.२०८२ असोज २६ आइतवार १०:५८

लस एञ्जलस । प्रसिद्ध हलिउड अभिनेत्री डायन किटनको निधन भएको...

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको मृत्यु

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको...

वि.सं.२०८२ असोज २६ आइतवार १०:३५

२६ असोज, काठमाडौं। इजिप्टको प्रसिद्ध रिसोर्ट शहर शर्म अल-शेख नजिक...

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के भन्छन् ट्रम्पका छोरा ?

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के...

वि.सं.२०८२ असोज २४ शुक्रवार १४:१५

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कारको...