View Point Long Banner Ad

दाउरा खोज्दा किशोरले गुमाए ज्यान

कञ्चनपुरको भीमदत्त नगरपालिका– १२ ऐरीका १८ वर्षीय सौरभ नेपाली र १६ वर्षीया अभि नेपाली नातामा दाजुभाइ पर्छन् । सौरभ न्यु सरस्वती विद्या मन्दिरमा कक्षा १२ र अभि पूर्णा माविमा अध्ययनरत थिए । शनिबार विद्यालय बिदाका दिन अरू गाउँलेजस्तै उनीहरू पनि दाउरा ल्याउन भनी महाकाली नदीमा गए ।

सुदूरपश्चिममा दुई दिन लगातार भारी वर्षा भएपछि महाकालीमा झन्डै साढे चार लाखभन्दा बढी क्युसेक पानी बगेको थियो । त्यही उर्लिँदो महाकाली नदीमा दाउरा निकाल्ने क्रममा अभि र सौरभ बेपत्ता भएका थिए ।

१८ वर्षीय सौरभको शव केही पर दक्षिण झोलुङे पुल क्षेत्रमा फेला परेको छ । अभि नेपाली भने बेपत्ता छन् । स्थानीय अमिर तिरुवाले महाकालीमा स्थानीयले दाउरा निकाल्ने गरेको र बाढीले नदीमा आएको दाउरा निकाल्न जाने क्रममा अभि र सौरभ महाकालीमा डुबेर बेपत्ता भएको बताए । न्यु सरस्वती विद्या मन्दिरका प्रिन्सिपल अम्मराज भट्टले निकै मिहिनेती विद्यार्थी गुमाउनु परेको बताए । ‘सौरभ शिशु कक्षादेखि हाल १२ सम्मै न्यु सरस्वती विद्या मन्दिरमै अध्ययन गर्दै आएका थिए, निकै मिहिनेती थिए, तर दाउरा निकाल्ने क्रममा उनको ज्यान गएको घटनाले हामी स्तब्ध भएका छौँ,’ उनले भने ।’

भीमदत्त नगरपालिका– १२ का वडाध्यक्ष भूपेन्द्रसिंह रावलले बाढी आएका वेला जोखिम मोलेर दाउरा निकाल्न नहुने बताए । उनले विगतमा पनि दाउरा निकाल्ने, माछा मार्ने क्रममा मानिस महाकालीमा डुबेर मृत्यु हुने भएकाले प्राकृतिक विपत्तिबाट जोगिनुपर्नेमा जोड दिए । महाकाली नदीमा बाढी आएसँगै पहाडबाट बगेर आउने दाउरा निकाल्न तटीय क्षेत्रका स्थानीयले जोखिम मोल्दै आएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बेपत्ता अर्का किशोरको खोजीकार्य भइरहेको जनाएको छ । महाकाली नदी क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन् ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...