राष्ट्रपति पौडेलद्वारा देउडा सांस्कृतिक उत्सवको उद्घाटन
राष्ट्रपति रामचन्द्र पौडेलले देउडा सांस्कृतिक उत्सव-२०८१ को उद्घाटन गर्नुभएको छ। शनिबार काठमाडौँमा राष्ट्रपति पौडेलले देउडा सांस्कृतिक उत्सव-२०८१ (दोस्रो संस्करण) उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा राष्ट्रपति पौडेलले स्रष्टालाई अभिनन्दन्समेत गर्नुभयो । अभिनेता विराज भट्ट लगायतका कलाकार सम्मानित हुनुभएको छ।
राष्ट्रपति पौडेलले काली-कर्णाली क्षेत्रको मौलिक गीत, संगीत, पर्यटन, कला र संसकृतिको संरक्षण, सम्वर्द्धन तथा प्रवर्घन गरी सांस्कृतिक क्षेत्रलाई समृद्ध बनाउन देउडा सांस्कृतिक उत्सवले महत्त्वपूर्ण योगदान दिने बताउनुभयो । सांस्कृतिक समाज नेपालद्वारा आयोजित कार्यक्रममा अभिनेता विराज भट्टसहित दर्जन कलाकार सम्मानित भएका छन्।
उहाँले साहित्यकार राजेन्द्रसिंह रावल, खेलाडी दीपक विष्ट, लाइभ देउडीया नेत्रराज शाही, निर्देशक भीमबहादुर थापा, गायिका टीका पुन, गायक लालबहादुर धामी, पत्रकार वसन्तप्रताप सिंह, गायक सुरेश शाही तथा लोकेन्द्रबहादुर साउदलाई सम्मान गर्नुभएको हो ।
वि.सं.२०८१ भदौ २९ शनिवार १८:३२
















