View Point Long Banner Ad

सरकारी कर्मचारीको घरबाटै बालश्रमिकको उद्धार

काठमाडौं महानगरपालिकाभित्र ६५ जना सरकारी कर्मचारीको घरमा बालश्रमिक भेटिएका छन् । काठमाडौं महानगरपालिकाले गरेको अध्ययनमा सरकारी कर्मचारीहरूले नियमविपरीत घरेलु बालश्रमिक राख्दै आएको खुलेको हो ।

महानगरपालिकाले सरकारी बिद्यालयमा अध्ययनरत बालबालिकाको तथ्यांक संकलन गरी अध्ययन गर्दा ठूलो संख्यामा बालश्रमिक भेटिएको र उनीहरूमाथि शोषण हुँदै आएको पत्ता लागेको छ । महानगरपालिकाकी बाल कल्याण अधिकारी शान्ता पहाडीका अनुसार नातागोताबाहेक अन्य व्यक्तिको घरमा बस्दै आएका दुई सय ४५ जना बालबालिकाको तथ्यांक संकलन गरी अध्ययन गर्दा त्यसमध्ये ६५ जना सरकारी कर्मचारीले राखेका छन् । त्यस्तै, ५३ जना व्यवसायी र ४५ जना निजी जागिरे तथा अन्य पेसामा आबद्ध रहेको उनले बताइन् ।

सरकारी जागिरमध्ये न्यायाधीश, प्राध्यापक तथा प्रहरी अधिकारीसमेत रहेको महानगर स्रोत बताउँछ । उच्च अदालतका एक न्यायाधीशको घट्टेकुलोस्थित घरबाट महानगरले भारतीय बालिकाको उद्धार गरेको थियो । त्रिभुवन विश्वविद्यालयकी एक सहायक प्राध्यापक र प्रहरी निरीक्षकसम्मले नियमविपरीत बालश्रमिक राखेका छन् । प्रहरी निरीक्षक विदुर शिवाकोटीविरुद्ध बलात्कार मुद्दा नै दायर भएको छ । घरमा काम गर्न राखिएका बालिकाकै जाहेरीका आधारमा मुद्दा दायर भएकोमा जिल्ला अदालतले उनलाई थुनामा पठाएको थियो । उच्च अदालतले गत बिहीबार उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । ती बालिकालाई महानगरपालिकाले उद्धार गरी काउन्सिलिङ गर्दा आफूले घरमूलीबाट हिंसा भोग्दै आएको उनले बताएकी थिइन् ।

महानगरले ३१ जना गणक भर्ना गरी यसरी बालबालिकाको विस्तृत अध्ययन गरेको थियो । अध्ययनपछि महानगरपालिकाले ५२ जनाको उद्धार गरिसकेको छ । उनीहरूमध्ये बसेको अवस्था, कामको प्रकृति, अवधि र भोगाइका आधारमा तीन वर्गमा वर्गीकरण गरेको थियो । उच्च जोखिमका आधारमा ८४ जनालाई रातो वर्ग, एक सय ३५ जनालाई कम जोखिमका आधारमा पहेँलो र २६ जनालाई सामान्य अवस्था रहेकाले हरियो वर्गमा राखेर महानगरले उद्धार गरिरहेको छ ।

तथ्यांक संकलन गरिएका घरेलु बालश्रमिकमध्ये एक सय ४३ जना १४ वर्षभन्दा कम उमेरका भेटिएको बाल कल्याण अधिकारी पहाडी बताउँछिन् । घरेलु बालश्रमिकमध्ये १४ जना दीर्घरोगी छन् । २५ जनाले आफ्नो परिवारसँग कहिल्यै सम्पर्क नहुने गरेको अवस्था बताएका छन् । एक सय ६१ जनाले घरमूलीले कुट्ने तथा सजाय दिने गरेको गुनासो गरेका थिए । २७ जनाले घरमूलीले आफूले खाने खाना नदिई कमसल खाना खुवाउने गर्दथे ।

अमानवीय व्यवहार गर्ने कतिपयविरुद्ध महानगरले कानुनी कारबाहीसमेत गरेको छ । त्यसमध्ये एक लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मा हुन् । उनको बालुवाटारस्थित घरबाट महानगरले गत १४ जेठमा एक बालिकाको उद्धार गरेको थियो । बालिकामाथि शोषण र कुटपिट हुने गरेको खुलेपछि महानगरले शर्माविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंमा बालबालिकाविरुद्धको कसुर मुद्दामा जाहेरीसमेत दिएको छ । तर, सरकारको दबाबमा प्रहरीले उनलाई पक्राउ नगरेको आरोप महानगरले लगाउँदै आएको छ । यही विषयमा महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रधानमन्त्री केपी ओलीको आलोचना गर्दै आएका छन् । शनिबार पनि उनले फेसबुकमा लेखेका छन्, ‘पीडित बालिकाहरूले प्रम (खड्गप्रसाद ओली)को कारण न्याय नपाएर मर्नुपरेको कारण बाल दिवसको शुभकामना दिन सकिनँ, यो शुभकामना स्वयं प्रमज्यूलाई नै टक्र्याउन चाहन्छु, ग्रहण गर्नुहोला ।’ शनिबार बालदिवस हो ।

महानगरपालिकाको बाल्य कल्याण शाखाका अधिकारीका अनुसार काठमाडौंमा हजारौँ घरमा बालश्रमिक राखिएको छ । दयनीय आर्थिक अवस्था भएका परिवारका बालबालिकालाई पढाइदिने तथा सहयोग गर्ने नाममा घरेलु काममा लगाएर शोषणदेखि यौनहिंसासम्म हुने गरेको महानगरपालिकाकी बाल अधिकार समितिकी सदस्य सोनी भट्टराई बताउँछिन् । रविभवनस्थित जीवनकुमार प्रधानको घरमा काम गर्न राखिएकी एक बालिकाले पनि प्रधानविरुद्ध यौनहिंसा भोग्दै आएका थिए । प्रधानलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएकोमा उनी धरौटीमा छुटेका छन् ।

महानगरपालिकाले बनाएको बाल संरक्षण तथा बाल अधिकारसम्बन्धी कार्यविधि, २०८० मा कसैले आफ्नो नाताबाहिरको बालबालिका राख्न चाहेमा फाराम भरेर महानगरपालिकामा बुझाउनुपर्ने उल्लेख छ । सोहीअनुसार केही परिवारले जानकारी दिने गरेका छन् । बालश्रममा नलगाउने प्रतिबद्धताका आधारमा मात्र यसरी बालबालिका राख्न पाइने प्रावधान छ । तर, यसको कार्यान्वयन सुरुवाती अवस्थामै छ । धेरेले कानुन प्रावधानबारे जानकारी नभएकाले पनि बालश्रमिक राख्दै आएका छन् ।

चार सय ८९ सवारीसाधनमा बालश्रमिक
यातायात क्षेत्रमा ठुलो संख्यामा बालश्रमिक रहेको काठमाडौं महानगरपालिकाको अध्ययनले देखाएको छ । महानगरपालिकाभित्र गुड्ने सवारीसाधनमा भएको अध्ययनमा चार सय ८९ सवारीसाधनमा बालश्रमिक भेटिएको महानगरले जनाएको छ । त्यसमध्ये ५४ जना १४ वर्षभन्दा कम उमेरका रहेको र उनीहरू परिचालकका रूपमा कार्यरत रहेको बाल कल्याण अधिकारी शान्ता पहाडीले बताइन् । यसरी सार्वजनिक यातायात क्षेत्रमा श्रममा लगाइएका पाँच बालकको महानगरले उद्धार गरेको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...