View Point Long Banner Ad

अस्तव्यस्त संरचना, मानवीय त्रुटिका कारण उपत्यका भासिने डर

 शनिबार (२९ भदौ) ललितपुरको कुपन्डोलस्थित मुख्य सडक भासिएको छ । शनिबार दिउँसो खानेपानीको पाइप फुटेपछि सडक भासिएको हो । पानीले वरिपरिको माटो बगाएपछि सडक एक मिटर भासिएको छ ।

– गत २ भदौमा बानेश्वरबाट शंखमूलतर्फ जाने सडकको बिचमा भ्वाङ पर्‍यो । करिब १० फिट गहिरो भ्वाङ परेपछि एकतर्फी रूपमा सडक सञ्चालन भयो । काठमाडौं महानगरपालिकाको सोही दिन साँझ नगर प्रहरीले सडकको भ्वाङ टाल्यो । खानेपानीको पानी लिकेज भएर सडक भासिएको महानगरको दाबी छ ।

– गत २५ साउनमा पुतलीसडकस्थित काठमाडौं महानगर कार्यालय सामुन्नेको मुख्य सडक भासियो । काठमाडौं प्लाजा छेउको सडक भासिएपछि एक महिनादेखि सवारी ओहोरदोहोर बन्द गरिएको छ । अन्य स्थानमा जस्तै सडक किन भासियो भनेर अध्ययनविनै सडक विभागले टालटुल गर्ने तयारी गरेको छ ।

– गत २४ साउनमा ललितपुरको इमाडोलमा सडक भासियो । महालक्ष्मी नगरपालिका–३ बाक्लोगाउँनजिकै सडक भासिँदा केही दिन सवारीसाधन ओहोरदोहोरमा समस्या भयो । सडकमा परेको करिब तीन मिटर गहिरो भ्वाङ दुई दिनपछि मर्मत भयो । उक्त सडक भासिनुको कारण भने पत्ता लागेन ।

– गत ३१ असारमा ठमेल सोह्रखुट्टेस्थित नयाँ बजारमा सडक भासियो । सोह्रखुट्टेबाट बालाजु जाने मुख्य सडक भासिएपछि ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्यो । यहाँ त सडक भासिँदा मोटरसाइकल नै खाल्डोभित्र खस्यो । उक्त सडक भासिएको ठाउँबाट पानी आइरहेको थियो । सडक भासिनुको कारण खोजबिन नगरी केही दिनपछि सडक विभागले सडक टाल्यो ।

– १२ माघ ०८० मा काठमाडौंको मुख्य सडक नयाँ बानेश्वर चोकको सडक भासियो । सडक भासिँदा गुड्दै गरेको बा.३ख ३७६२ नम्बरको बस फस्यो । पछि क्रेन ल्याएर उक्त बस निकालियो । सडक भासिएको दुई दिनपछि मर्मत त भयो, तर के कारणले भासियो भन्नेबारे अध्ययन भएन ।

– साउन ०७९ मा ललितपुरको चाकुपाटस्थित सडकमा भ्वाङ पर्‍यो । बागमती नदी कोरिडर हुँदै युएन पार्कबाट पाटनढोकातिर जाने (चाकुपाट क्षेत्र) सडकमा भ्वाङ परेपछि यातायात आवागमन बन्द गरियो । यहाँको सडक पनि के कारणले भासिएको हो भन्ने कसैले खोजबिन गरेनन् । नयाँ बानेश्वरमा जस्तै यहाँ पनि सडक विभागले भोलिपल्ट भ्वाङ टाल्यो । घटना सामसुम भयो ।

– कात्तिक ०७८ मा नयाँ बानेश्वरको मूल सडक एक्कासि भासियो । सिभिल अस्पतालअगाडिको सडकमा ठुलो भ्वाङ परेपछि प्रशासनले सवारी सञ्चालनमा रोक लगायो । आठ लेन सडकको मुख्य लेन नै भासिए पनि त्यसबारे ठोस अध्ययन भएन । सडक विभागले खानेपानीको पाइप लिकेज भएर सडक भासिएको भन्दै टालटुल गर्‍यो ।

यी हुन् तीन वर्षयता काठमाडौं उपत्यकाका मुख्य सडक भासिएका ठुला घटना । घना सहर र सवारी साधनको चाप रहेको काठमाडौं उपत्यकाका सडक पटक–पटक भासिन्छन् । कहिले गुड्दै गरेको सवारी साधन सडकको भ्याङमा फस्छ भने कहिले बटुवा । सडक भासिएको घटना हेर्दा सबैभन्दा धेरै बानेश्वर क्षेत्रका छन् । यी क्षेत्रका सडकमा चारपटकभन्दा बढी भ्वाङ परेका छन् । तर, बारम्बार एकै क्षेत्रमा सडक भासिँदा पनि किन यस्तो भइरहेको छ भनेर सरकारी निकायले नदेखेझैँ गरिरहेको छ । भासिएको सडक माटो राखेर पुर्नेबाहेक सडक विभागले थप अध्ययन गरेको देखिँदैन ।

तर, खानी तथा भूगर्भ विभागका अनुसार यसरी सडक भासिनु सामान्य विषय होइन । यसले यहाँको भौगोलिक बनावट, सहरीकरण र पूर्वाधारसँग सम्बन्धित प्रश्न उब्जाएको खानी विभागको भनाइ छ । यो लापरबाहीले भोलिका दिनमा ठुलो दुर्घटना हुन सक्ने विभागको चेतावनी छ । विभागका इन्जिनियरिङ जियोलोजी शाखाका प्रमुख शिवकुमार बाँस्कोटाका अनुसार उपत्यकाको भूसतह निकै कमजोर छ । विभागले सन् १९९४ मै भूसतहअनुसार संरचना बनाउन भौतिक पूर्वाधारसँग सम्बन्धित निकायलाई नक्सा उपलब्ध गराएको थियो । तर, उपत्यकाका भूसतह नै खल्बलिने गरी बडेमानका संरचना बनिरहेका छन् । अझ ठुल्ठुला अपार्टमेन्ट र संरचना बनाउन लाखौँ लिटर पानी तानेर खोलामा बगाउने गरिन्छ । एकातर्फ पानी भूमिगत हुने ठाउँ नहुनु र अर्कातर्फ संरचना बनाउँदा लापरबाही गर्दा त्यसले भविष्यमा उपत्यकामा ठूला दुर्घटना निम्त्याउन सक्ने बाँस्कोटाको भनाइ छ ।

‘उपत्यकाको भूसतह कमजोर छ, यो अध्ययनले पुष्टि गरेको कुरा हो, माटो अन्तबाट ल्याएर थुपारिएकोजस्तो जमिन छ, खँदिलो र बलियो छैन, अग्ला भवन बनाउँदा कालान्तरमा असर पार्ने देखिन्छ,’ उनले भने, ‘जमिनले भार धारणा गर्न सक्ने क्षमता कमजोर छ, कालान्तरमा भासिने सम्भावना धेरै नै हुन्छ, अचेल जमिनको पानी मनपरी तान्ने गरिन्छ, यसले पानीको सतह घढाउने र भित्रभित्रै जमिन ओढार बनेर भासिने डर हुन्छ ।’

विभागका अनुसार नयाँ बानेश्वर, स्ययम्भू, कुलेश्वर हाइट, कालिमाटीलगायत क्षेत्रका केही घर धसिएको भनेर खबर आएपछि विभागको टोली फिल्ड नै पुगेको थियो । त्यहाँ सडकमुनि हुने संरचना मुख्य समस्या देखिएको छ । बलौटे र कालिमाटी भएको कतिपय ठाउँमा जमिनभित्रै मुभमेन्ट हुने डर देखिएको छ । यस्तो माटो भएको ठाउँमा भूकम्प आउँदा पनि घर धेरै हल्लिने हुन्छन् ।

खानी तथा भूगर्भ विभागका प्रवक्ता मनिका झाले मुख्य त सडक क्षेत्रका काम गर्ने निकायले व्यवस्थित ढंगले काम नगर्दा त्यसको असर देखिएको बताइन् । उनका अनुसार उपत्यकाको जियोलोजी एकै किसिमको हो । तर, पछिल्लो समय बनेका अग्ला भवन र त्यसले वातावरणमा पारेको समस्याबारे भने अध्ययन भएको छैन । ‘उपत्यकाका सडकमा काम गर्ने निकायले व्यवस्थित ढंगले काम गरेनन्, मुख्य त पाइपलाइन फुटेर सडक मासिएको भेटियो, यसबाहेक यहाँ ओभरलोडेड संरचना पनि बनेका छन्, तर जियोलोजीका कारण भासिएको होइन, यसलाई मानवीय त्रुटि मान्न सकिन्छ, अर्को कुरा ठुला भवनले जमिनमुनिको पानी जथाभावी तान्छन्, यसले पनि भासिने डर हुन सक्छ ।’

सडक विभागका महानिर्देशक रामहरि पोखरेलले सडकमुनि खानेपानीका र विद्युत्का संरचना राख्ने तरिका नमिलेर भासिने गरेको बताउँछन् । ‘एक त उपत्यकाका माटो त्यति बलियो मानिँदैन,’ उनले भने, ‘त्यसमा पनि सडकमुनिका संरचना निर्माणको तरिका मिलाइएको छैन ।’


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...