View Point Long Banner Ad

गाजामा इजरायली आक्रमण हुँदा एकै परिवारका ११ जनाको मृत्यु

गाजाको नागरिक सुरक्षा विभागले शनिबार बिहान गाजा सहरको एउटा घरमा भएको इजरायली हवाई आक्रमणमा महिला र बालबालिकासहित एकै परिवारका ११ जनाको मृत्यु भएको बताएको छ ।

“पूर्वी गाजा सहरमा बुस्तान परिवारको घरमा भएको इजरायली आक्रमणबाट हामीले चार बालबालिका र तीन महिलासहित ११ जनाको शव फेला पारेका छौँ”, विभागकाका प्रवक्ता महमुद बस्सलले बताउनुभयो ।

गाजा सहरको अल–तुफाहमा रहेको सुजैया विद्यालय नजिकै आक्रमण भएको उहाँले बताउनुभयो । “उद्धारकर्ताले बेपत्ता व्यक्तिहरूको खोजी जारी राखेका छन्”, बस्सलले भन्नुभयो । इजरायली सेनाले आक्रमणबारे तत्काल कुनै टिप्पणी गरेको छैन ।

बस्सलले इजरायली सेनाले हमासद्वारा सञ्चालित क्षेत्रका केही अन्य भागमा रातारात यस्तै आक्रमण गर्दा कम्तीमा १० जनाको मृत्यु भएको बताउनुभएको छ ।

उत्तरपश्चिमी गाजा सहरमा दार अल–अर्काम विद्यालय नजिकै मानिसको भीडमा हवाई आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभएको छ ।

त्यसैगरी, दशौँ हजार विस्थापित प्यालेस्टिनीहरूले शरण लिएको दक्षिणी खान युनिस प्रान्तको अल–मवासी क्षेत्रमा भएको आक्रमणमा अन्य तीन जनाको मृत्यु भएको छ । रासस/एएफपी


पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८० भन्दा बढी घाइते

पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८०...

वि.सं.२०८२ असोज २९ बुधवार १३:४५

स्पिन बोल्दाक । अफगानिस्तान–पाकिस्तान सीमामा भएको  झडपमा कम्तीमा १५ जना...

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

वि.सं.२०८२ असोज २६ आइतवार १६:००

२६ असोज, काठमाडौं । बेलायतमा सञ्चालित ‘एक्सरसाइज क्यामब्रेन पेट्रोल २०२५’...

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको तालिवानको दाबी

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको...

वि.सं.२०८२ असोज २६ आइतवार १४:४३

काबुल । पाकिस्तान गरेको आक्रमणको बदला लिन गरिएको कारबाहीमा ५०...

हलिउड अभिनेत्री डायन किटनको निधन

हलिउड अभिनेत्री डायन किटनको निधन

वि.सं.२०८२ असोज २६ आइतवार १०:५८

लस एञ्जलस । प्रसिद्ध हलिउड अभिनेत्री डायन किटनको निधन भएको...

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको मृत्यु

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको...

वि.सं.२०८२ असोज २६ आइतवार १०:३५

२६ असोज, काठमाडौं। इजिप्टको प्रसिद्ध रिसोर्ट शहर शर्म अल-शेख नजिक...

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के भन्छन् ट्रम्पका छोरा ?

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के...

वि.सं.२०८२ असोज २४ शुक्रवार १४:१५

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कारको...