View Point Long Banner Ad

उपराष्ट्रपति यादव र दक्षिण कोरियाली राजदूत पार्कबिच भेट

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ताएयोङ्गले शिष्टाचार भेट गर्नुभएको छ ।

शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा शुभकामना आदानप्रदान पश्चात द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग, लगानी, पर्यटन, श्रम तथा रोजगार लगायतका महत्त्वपूर्ण विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले नेपाल र गणतन्त्र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापना भएयता घनिष्ट र मैत्रीपूर्ण सम्बन्ध रही आएको बताउनु भयो ।

‘‘हाम्रा द्विपक्षीय सम्बन्ध आपसी सम्मान, समझदारी एवम् सहयोगमा आधारित छन्,’’ उहाँले भन्नुभयो, ‘‘यस वर्ष नेपाल र गणतन्त्र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वार्षिकोत्सव महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा मनाइरहेका छौँ । यस मैत्रीपूर्ण सम्बन्धलाई थप प्रवर्द्धन गर्न हामी तत्पर छौँ ।’’

उपराष्ट्रपति यादवले ‘एभरेष्टिङ्ग फ्रेन्डसिप : नेपाल–कोरिया ५०औँ वार्षिकोत्सव’ नारासहितको लोगो अनावरण हाम्रा लागि गौरवको विषय भएको बताउनुभयो ।

‘‘नेपालको सामाजिक तथा आर्थिक विकासका लागि गणतन्त्र कोरिया एक महत्त्वपूर्ण तथा भरपर्दो विकास साझेदारका रूपमा रहेको छ । कोरियाले अन्तर्राष्ट्रिय विकास सहयोग नियोग ‘कोइका’ मार्फत विभिन्न क्षेत्रमा गरेको प्राविधिक सहयोग तथा जनशक्ति विकासमा पुर्याएको योगदान हाम्रा लागि महत्त्वपूर्ण छन् ।,’’ उहाँले भन्नुभयो, ‘‘हामी यो विकास साझेदारीलाई कनेक्टिभिटी, पूर्वाधार विकास, ऊर्जा, व्यापार, पर्यटन, लगानी र जनस्तरको सम्बन्ध लगायतका क्षेत्रमा अझ विस्तृत र गहन रूपमा अगाडि बढाउन प्रतिबद्ध छौँ ।’’

उपराष्ट्रपति यादवले नेपाल सन् २०२६ मा अल्पविकसित मुलुकको समूहबाट स्तरोन्नतिका लागि प्रयासरत रहेको सन्दर्भमा कोरियाको तीव्रतर सामाजिक–आर्थिक विकास र सोको अनुभवबाट हामी लाभान्वित हुन चाहेको बताउनुभयो । ‘‘सहज र दिगो स्तरोन्नतिका लागि विकास साझेदारका साथै विश्वसनीय मित्रको रूपमा रहेको गणतन्त्र कोरियाको साथ हामीलाई सदाझैँ निरन्तर रहनेमा हामी पूर्ण विश्वस्त छौँ ।,’’ उहाँले भन्नुभयो, ‘‘नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको प्रमुख स्रोत मुलुकहरूमध्ये गणतन्त्र कोरिया एक हो । कोरियाली कम्पनीहरु सामसुङ र हुन्डेले नेपालमा लगानी गरेर ‘मेड इन नेपाल’ टेलिभिजन सेट उत्पादन गर्न सुरु गरेको र गाडी उत्पादन गर्न लागेकोमा हामी खुशी छौँ ।’’

उपराष्ट्रपति यादवले अगाडि भन्नुभयो, ‘‘गौतम बुद्धको जन्मभूमि एवम् सगरमाथा तथा हिमश्रृखलाको देश नेपाल मन पराउने एवम् बौद्धमार्गी कोरियालीहरूको सङ्ख्या उल्लेख्य छन् । हाम्रो सांस्कृतिक, धार्मिक समानता एवम् पदयात्रा, पर्वतारोहणजस्ता क्षेत्रमा कोरियालीहरूको रूचि रहेको हुँदा नेपालमा कोरियाली पर्यटकको सङ्ख्या वृद्धि गर्ने प्रचूर सम्भावना छ । यसका लागि महामहिमले आवश्यक पहल गर्नुहुनेछ भन्ने विश्वास छ ।’’ उहाँले वैदेशिक रोजगारीमा जान चाहने नेपालीहरूका लागि कोरिया एक राम्रो तथा आकर्षक गन्तव्य रही आएको उल्लेख गर्नुहुँदै भन्नुभयो, ‘‘नेपाल–गणतन्त्र कोरियाबिचको रोजगार अनुमति प्रणालीअन्तर्गत कोरिया सरकारले नेपाललाई प्राथमिकता दिएकोमा धन्यवाद दिन चाहन्छु ।’’


पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८० भन्दा बढी घाइते

पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८०...

वि.सं.२०८२ असोज २९ बुधवार १३:४५

स्पिन बोल्दाक । अफगानिस्तान–पाकिस्तान सीमामा भएको  झडपमा कम्तीमा १५ जना...

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

वि.सं.२०८२ असोज २६ आइतवार १६:००

२६ असोज, काठमाडौं । बेलायतमा सञ्चालित ‘एक्सरसाइज क्यामब्रेन पेट्रोल २०२५’...

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको तालिवानको दाबी

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको...

वि.सं.२०८२ असोज २६ आइतवार १४:४३

काबुल । पाकिस्तान गरेको आक्रमणको बदला लिन गरिएको कारबाहीमा ५०...

हलिउड अभिनेत्री डायन किटनको निधन

हलिउड अभिनेत्री डायन किटनको निधन

वि.सं.२०८२ असोज २६ आइतवार १०:५८

लस एञ्जलस । प्रसिद्ध हलिउड अभिनेत्री डायन किटनको निधन भएको...

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको मृत्यु

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको...

वि.सं.२०८२ असोज २६ आइतवार १०:३५

२६ असोज, काठमाडौं। इजिप्टको प्रसिद्ध रिसोर्ट शहर शर्म अल-शेख नजिक...

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के भन्छन् ट्रम्पका छोरा ?

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के...

वि.सं.२०८२ असोज २४ शुक्रवार १४:१५

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कारको...