View Point Long Banner Ad

नवाजुद्दीनले दयाहाङसँग घुमे लाङटाङ

बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी यतिबेला नेपाल घुमघाममा छन् । फिल्म ‘शाम्बाला’को प्रिमियरमा सहभागी हुन काठमाडौं आइपुगेका उनी मंगलबार मुम्बई फर्किने कार्यक्रम छ ।

सोमबार दिनभर उनको व्यस्त तालिका रह्यो । उनी अभिनेता दयाहाङ राईसहित पर्यटकीय थलो लाङटाङ उपत्यकामा पुगे । त्यहाँको भूगोल र प्राकृतिक सौन्दर्यमा रमाएका उनले हेलिकप्टरबाट त्यहाँको हिमाली थलो रसास्वादन गरे ।

गोसाइकुण्ड जाने योजना रहेपनि खराब मौसमका कारण त्यता जान नसकिएको ‘शाम्बाला’ फिल्मका मिन्सो लिम्बूले बताए । त्यसपछि उनी दयाहाङ र केही सहयोगीसहित लाङटाङकै घुमघाममा व्यस्त रहे ।

लाङटाङबाट फर्केलगत्तै अभिनेता सिद्दिकी मण्डला थिएटरमा अभिनयका विद्यार्थी र कलाकारसँगको अन्तरक्रियामा सहभागी भए ।

कश्यपलाई नेपाल छायांकनबारेको पुस्तक

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र बलिउड निर्देशक अनुराग कश्यपबीच सोमबार छलफल भएको छ । उक्त अवसरमा अध्यक्ष डिसीले कश्यपलाई ‘फिल्मिङ इन नेपाल’ नामक छायांकन थलो समेटिएको पुस्तक उपहार दिए ।

निर्देशक कश्यपले नेपाल संस्कृति र प्राकृतिक सौन्दर्यमा धनी रहेको भन्दै आफू पनि निकट भविष्यमा नेपालमा फिल्म छायांकनका लागि उत्साही रहेको बताए । पछिल्लो समय नेपाली फिल्मले विकास गरिरहेको धारणा कश्यपले अध्यक्ष डिसीलाई सुनाएका थिए ।

कश्यप सोमबार बेलुका दिल्ली फर्किएका छन् । उनी सपरिवार नेपाल घुम्न आएका थिए ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फिल्म प्रवर्द्धन गर्न पूर्वी नेपालका सहरमा कन्सर्ट गर्दै तक्मे बुढा, राजेशपायल

फिल्म प्रवर्द्धन गर्न पूर्वी नेपालका सहरमा कन्सर्ट...

वि.सं.२०८२ असोज २६ आइतवार ११:०४

काठमाडौं । ७ कात्तिकदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’ले पूर्वी...

अमेरिकी गायिका टेलर स्विफ्टले फेरि एकपटक इतिहास रचेकी छिन्

अमेरिकी गायिका टेलर स्विफ्टले फेरि एकपटक इतिहास...

वि.सं.२०८२ असोज २३ बिहीवार १३:४२

एजेन्सी । अमेरिकी गायिका टेलर स्विफ्टले फेरि एकपटक इतिहास रचेकी...

सडकमा भिख माग्नेदेखि सिनेमासम्म

सडकमा भिख माग्नेदेखि सिनेमासम्म

वि.सं.२०८२ असोज २२ बुधवार १२:१२

मुम्बई । सन् १९९० को दशकका हिन्दी फिल्महरूमा एउटा यस्तो...

वि.सं.२०८२ असोज २० सोमवार १६:४६

नयाँ दिल्ली । बलिउडका बादशाह शाहरुख खान अर्बपतिहरूको सूचीमा प्रवेश...