View Point Long Banner Ad

लाइन काटेपछि धमाधम विद्युत् महसुल बुझाउँदै उपभोक्ता

बिजुलीको लाइन काटेपछि यहाँका उपभोक्ताले धमाधम विद्युत् महसुल बुझाउन थालेका छन्। नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले लाइन काटेर दुई करोड ५० लाखभन्दा बढी बक्यौता संकलन गरेको छ। उक्त कार्यालयले आर्थिक वर्ष ०८०/८१ मा लाइन काटेर रु. दुई करोड ६८ लाख ४५ हजार सात सय बक्यौता संकलन गरेको हो।

केन्द्रका प्रमुख विजय रेग्मीका अनुसार एक हजार चार सय ३६ जना ग्राहकको लाइन काटिएकामा एक हजार २७३ ग्राहकले बक्यौताबापतको रकम बुझाएका छन् । एक हजार चार सय ३६ ग्राहकबाट रु. तीन करोड ५० लाख ५६ हजार ६७४ बक्यौता उठ्नुपर्ने थियो, तर ७६.५७ प्रतिशत बक्यौता असुली भएको छ।

आर्थिक वर्ष ०७९/८० मा कार्यालयले नौ सय १८ ग्राहकको लाइन काटेकामा रु. एक करोड ८४ लाख ६५ हजार ४५२ बक्यौता संकलन गरेको थियो । उक्त आर्थिक वर्षमा सात सय ८६ ग्राहकको लाइन बक्यौता रकम तिरेपछि पुनः जडान गरिएको थियो । त्यतिवेला रु. तीन करोड ६४ लाख ५७ हजार ६८२ बक्यौता उठ्नुपर्ने थियो।

केन्द्रले आर्थिक वर्ष ०८०/८१ मा रु. ५३ करोड ९४ लाख ३१ हजार ६१३ बराबरको विद्युत् बिक्री गरेको छ । रेग्मीका अनुसार त्यस अवधिमा रु. ५४ करोड २० लाख ६० हजार दुई सय ७८ विद्युत् रकम संकलन भएको थियो । केन्द्रले त्यस वर्ष ७.९२ प्रतिशत विद्युत् चुहावट नियन्त्रणको लक्ष्य राखेकामा १२.७९ प्रतिशत विद्युत् चुहावट नियन्त्रण गरेको थियो।

विद्युत् चुहावट नियन्त्रणका लागि केन्द्रले नचलेका मिटर निःशुल्क बदली, नांगाे तार हटाई केबल विस्तार, कन्डक्टर साइज स्तरोन्नति, ट्रान्सफर्मर लोड सेन्टर थपलगायत काम गरेको प्रमुख रेग्मीले बताए।


बैंकहरुले सीएसआरको पैसा जेनजी आन्दोलनबाट प्रभावितको हितमा खर्च गर्न सक्ने

बैंकहरुले सीएसआरको पैसा जेनजी आन्दोलनबाट प्रभावितको हितमा...

वि.सं.२०८२ असोज २९ बुधवार ११:२७

काठमाडौँ । बैंकहरूले सीएसआरको पैसा जेनजी आन्दोलन प्रभावितको हितमा खर्च...

कार्यक्रम, गोष्ठी, तालिम, गाडी, भत्ता र भ्रमणमा पूर्णतः रोक

कार्यक्रम, गोष्ठी, तालिम, गाडी, भत्ता र भ्रमणमा...

वि.सं.२०८२ असोज २९ बुधवार ११:०५

विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको...

निर्यातमा नगद अनुदान रोक्दा लगानी, रोजगारी र निर्यात प्रभावित हुन्छ: महासङ्घ

निर्यातमा नगद अनुदान रोक्दा लगानी, रोजगारी र...

वि.सं.२०८२ असोज २८ मंगलवार १३:०८

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले निर्यातमा नगद अनुदानको व्यवस्था...

३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म स्टार्टअप उद्यम कर्जा पाइने

३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म स्टार्टअप उद्यम...

वि.सं.२०८२ असोज २६ आइतवार १६:४२

काठमाडौँ । सरकारले सूचना प्रविधिको बढ्दो प्रयोग एवम् व्यवसायको क्षेत्रमा...

सेयर बजारमा पोजिटिभ सर्किट ब्रेक

सेयर बजारमा पोजिटिभ सर्किट ब्रेक

वि.सं.२०८२ असोज २३ बिहीवार ११:५०

कारोबार सुरु भएको ३ मिनेटमै सेयर बजार ४ प्रतिशत बढेर...

विपद् व्यवस्थापनमा बागमती सरकारः ५ करोड ४० लाख बजेट निकासा

विपद् व्यवस्थापनमा बागमती सरकारः ५ करोड ४०...

वि.सं.२०८२ असोज २१ मंगलवार १९:५२

हेटौँडा । बागमती प्रदेश सरकारले मनसुनजन्य विपद्को पूर्वतयारी तथा प्रतिकार्यका...