विमानस्थलमा कैंची काण्डले जापानमा वार्षिक बोन उत्सव मनाएर घर फर्किरहेका यात्रुहरुले हैरानी खेप्नु परेको थियो । तीमध्येका एक यात्रुले भनेका छन्, ‘हामीसँग पर्खिनु बाहेक अरु कुनै विकल्प थिएन । मलाई लाग्छ एयरलाइन्सले अलिकति सावधानी अपनाउनुपर्छ ।’
कतिपयले विमानस्थलका अधिकारीहरुको प्रशंसा पनि गरेका छन् । उनीहरुले भनेका छन्-विमानस्थलका अधिकारीहरु यात्रुहरुको सुरक्षाका लागि कति चिन्तित छन् भन्ने कुरा यसले देखाउँछ ।
होक्काइदोको न्यू चिटोज विमानस्थल व्यस्त हुने विमानस्थलमा गनिन्छ । सन् २०२२ मा यही विमानस्थलबाट एक करोड ५० लाख यात्रुहरुले हवाई यात्रा गरेका थिए
















