View Point Long Banner Ad

‘स्त्री २’ ले चार दिनमै भारतमा कमायो २०४ करोड

काठमाडौं । भारतीय बक्स अफिसमा सन् २०२४ को रक्षाबन्धन खास भइरहेको छ । प्रदर्शनको चौथो दिन आइतबारसम्म २०४ करोड भारुको नेट कलेक्सन गर्दै श्रद्धा कपुर स्टारर फिल्म ‘स्त्री २’ ले गत वर्ष रिलिज भएको शाहरुख खानको फिल्म ‘पठान’को कमाइसँग बराबरी गरेको छ ।

‘पठान’पछि हिन्दी फिल्म इतिहासमा ‘स्त्री २’ रिलिजको चौथो दिनमा यो आँकडा पार गर्ने दोस्रो फिल्म हो । योसँगै फिल्मले सनी देओलको फिल्म ‘गदर २’ को पाँच दिनमा दुई सय करोड कमाइको रेकर्ड तोडेको छ । फिल्मले रिलिजको चार दिनमै विश्वभर २८३ करोड भारु कमाएको छ ।

शाहरुख खानको फिल्म ‘जवान’ र रणवीर कपुरको ‘एनिमल’ हिन्दीमा रिलिज भएका फिल्ममध्ये सबैभन्दा छिटो २०० करोड भारुसहित कमाइको आँकडामा अग्रस्थानमा छन् । यी दुवै फिल्मले रिलिजको तीन दिनमै यो आँकडा पार गरेका थिए ।

यसपछि शाहरुख खानको फिल्म ‘पठान’ छ, जसले रिलिजको चार दिनमै भारतको घरेलु बक्स अफिसमा २०० करोड भारु कमाएको थियो । श्रद्धा कपुरको फिल्म ‘स्त्री २’ को पहिलो चार दिनमा नेट कमाइ २०४ करोड भारु पुगेको छ । सोमबार पनि ‘स्त्री २’ को अग्रिम बुकिङ बिहानैदेखि तीव्र छ । ‘स्त्री २’ यस्तो उपलब्धि हासिल गर्ने पहिलो महिला केन्द्रित फिल्म हो ।

फिल्मले पहिलो हप्तामै ३०० करोडको आँकडा पार गर्न सक्ने प्रक्षेपण गरिएको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८० भन्दा बढी घाइते

पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८०...

वि.सं.२०८२ असोज २९ बुधवार १३:४५

स्पिन बोल्दाक । अफगानिस्तान–पाकिस्तान सीमामा भएको  झडपमा कम्तीमा १५ जना...

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

वि.सं.२०८२ असोज २६ आइतवार १६:००

२६ असोज, काठमाडौं । बेलायतमा सञ्चालित ‘एक्सरसाइज क्यामब्रेन पेट्रोल २०२५’...

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको तालिवानको दाबी

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको...

वि.सं.२०८२ असोज २६ आइतवार १४:४३

काबुल । पाकिस्तान गरेको आक्रमणको बदला लिन गरिएको कारबाहीमा ५०...

फिल्म प्रवर्द्धन गर्न पूर्वी नेपालका सहरमा कन्सर्ट गर्दै तक्मे बुढा, राजेशपायल

फिल्म प्रवर्द्धन गर्न पूर्वी नेपालका सहरमा कन्सर्ट...

वि.सं.२०८२ असोज २६ आइतवार ११:०४

काठमाडौं । ७ कात्तिकदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’ले पूर्वी...