View Point Long Banner Ad

गृहमन्त्री लामिछानेलाई अभिनेत्री अधिकारीको खुलापत्र

काठमाडौं । अभिनेत्री केकी अधिकारीले रास्वपा सभापति रवि लामिछानेले गृह मन्त्रालय सम्हाल्दै गर्दा देशमा सुशासन आउने आशा रहेको बताएकी छन् ।

गृहमन्त्री लामिछानेलाई सामाजिक सञ्जालमार्फत् अभिनेत्री केकीले भनेकी छिन्, ‘यही आशा छ, तपाईंले गृह मन्त्रालयको जिम्मेवारी लिइरहँदा हरेक नेपालीले आ–आफ्नो गृहमा सुरक्षित महशुस गर्न सक्नेछन् ।’

नारी प्रधान चलचित्र ‘बोक्सीको घर’को प्रदर्शन तयारीमा रहेकी केकीले लामिछानेले गृह मन्त्रालय सम्हालेकाले देशमा हरेक महिलाले आफूलाई घर भित्र र बाहिर सुरक्षित पाउने आशा पत्रमा व्यक्त गरेकी छिन् ।

समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्दै सामाजिक–थ्रिलर जनरामा निर्माण भएको ‘बोक्सीको घर’मा मुख्य भूमिका रहेकी अभिनेत्री केकीले लामिछाने गृहमन्त्री बनेपछि कोही पनि अपराधीहरु छुट्ने छैनन् भन्ने पत्रमा लेखेकी छिन् ।

आउँदो १४ वैशाखमा बोक्सीको घरको रिलिज मिति तोकेकी केकीले गृहमन्त्री लामिछानेलाई लेखेको खुलापत्र स्

प्रिय रवि दाइ,
तपाईंले गृह मन्त्रालयको जिम्मेवारी लिइरहँदा फेरि मनले एउटा आशा बोकेको छ।
आशा यो छ कि देशमा सुशासन छाउनेछ ।
कोही पनि अपराधीहरु छुट्ने छैनन् ।
कानुनको दायरामा आउनुपर्नेलाई निसंकोच ल्याइनेछ।
हरेक महिलाले आफूलाई घर भित्र र बाहिर सुरक्षित पाउने छन् ।
अनि, हरेक इमानदार व्यक्ति निर्धक्क निडर आफ्नो कर्तव्यमा लाग्न सक्नेछन् ।
यही आशा छ, तपाईंले गृह मन्त्रालयको जिम्मेवारी लिइरहँदा।।
हरेक नेपालीले आ–आफ्नो गृहमा सुरक्षित महशुस गर्न सक्नेछन् ।
सफल कार्यकालको शुभकामना !!


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...