View Point Long Banner Ad

गृहमन्त्री लामिछाने मुछिएको सहकारी ठगी प्रकरणमा प्रहरीले छानबिन गर्न सक्छ ? : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लाछिमाने मुछिएको सहकारी ठगी प्रकरणमा प्रहरीले छानबिन गर्न सक्छ भन्दै प्रश्न गरेको छ ।

प्रतिनिधिसभा बैठकमा कांग्रेस महामन्त्री गगन थापाले सुन तस्करी प्रकरणमा प्रहरीले ठूला मान्छे जोगाउने गरी अनुसन्धान भएको तथ्य आयोगको प्रतिवेदनबाट खुलेको प्रसङ्ग उल्लेख गर्दै गृहमन्त्री लामिछाने मुछिएको सहकारी ठगी प्रकरणमा प्रहरीले कसरी छानबिन गर्न सक्छ भन्दै प्रश्न गरेका हुन् ।

सहकारी ठगी प्रकरणदेखि सुन काण्ड, भुटानी शरणार्थी काण्डसहित सबै काण्डका दोषीलाई कारबाही गर्नुपर्ने उनको जोड छ । आफू सत्तापक्षमा रहँदा पनि दोषीलाई कारबाही गर्नुपर्ने बोलेर प्रतिपक्षीलाई सहयोग गरेको भन्दै उनले गृहमन्त्री लामिछाने दोषी र निर्दोष अनुसन्धानले गर्ने भएकाले छानबिन गर्ने वातावरण बनाउन लाग्नुपर्ने बताए ।

उनले भने, गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी संस्थामा भएको अनियमितताको निष्पक्ष छानबिन गर्न माग गरे । ‘जीबी राई लगायतको ग्रुप जुन छ, जसमा दीपेश पुन अहिले पक्राउ परेर बुटवल लिएर गइएको छ । यो समूहले अर्बौं रुपैयाँ अपचलन गरेको छ र त्यसमध्येको सबैभन्दा धेरै ठूलो पैसा गोर्खा मिडिया, यही ग्यालेक्सी टेलिभिजनमा गएको छ । मैले थाहा पाएसम्म अरु थुप्रै शक्तिशाली नेताहरुको पनि नाम आउँछ यदि राम्रोसँग अनुसन्धान गरियो भने । तर, अनुसन्धान नियमित ढंगले अहिलेको प्रहरी प्रशासनले गर्न सक्छ भन्ने विश्वास हामीले कसरी पत्याउने रु,’


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...