View Point Long Banner Ad

बेलायतमा तलव बृद्धिको माग गर्दै डाक्टरहरू सडकमा उत्रिए

एजेन्सी । बेलायतमा डाक्टरहरू फेरी हडतालमा उत्रिएका छन् । सरकारसँग लामो समयदेखि चलिरहेको तलब विवादमा बेलायतका जुनियर डाक्टरहरूले १०औं पटक हडताल गरेका हुन ।

पाँच दिनको हडताल सुरू भएपछि एनएचएसका मालिकहरूले यसले ठूलो अवरोध ल्याउने चेतावनी दिएका छन् । उनीहरूका अनुसार अस्पतालमा आधा डाक्टरहरू जुनियर डाक्टर भएकाले अस्पतालको अपरेशन र चेकअप सबैभन्दा बढी प्रभावित हुनेछन।

ब्रिटिश मेडिकल एसोसिएसनले ३५ प्रतिशत तलब वृद्धिको लागि आग्रह गरेको छ, तर सरकारका मन्त्रीहरूले उनीहरूको तलब बृद्धि दावीलाई भने अव्यावहारिक रूपमा वर्णन गर्दै अस्विकार गर्दै आएका छन्।

स्वास्थ्य सचिव भिक्टोरिया एटकिन्सले जुनियर डाक्टरहरूले हडताल जारी राखेकोमा आफू निराश भएको बताएकी छिन् । ‘कसैले पनि यी हडतालहरूले हाम्रो एनएचसमा पार्ने प्रभावलाई कम आँकलन गर्नु हुँदैन, त्यसैले म फेरि बिएमएलाई उनीहरूको हड्ताल बन्द गर्न आग्रह गर्छु,’ उनले भनिन्।

तर बिएमएका जुनियर डाक्टर नेता डा रोबर्ट लरेन्सन र डा विवेक त्रिवेदीले भने, ‘ सरकारले एक दशकभन्दा बढी समय देखि हुन नसकेको तलब बृद्दीको मागलाई सम्बोधन गर्नका लागि भरपर्दो तलब प्रस्ताव गरेर मात्र यी हडतालहरू रोक्न सक्थ्यो तर गरेको छैन।’


बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव फेला, अझै केही शव पुरिएको आशंका

बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव...

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२५

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले...

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२०

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा...

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको आलोचना

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको...

वि.सं.२०८३ भदौ १६ मंगलवार १८:४३

काठमाडौँ। संसद्‌मा रहेका प्रमुख विपक्षी दलहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रका...

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...