View Point Long Banner Ad

बलिउड नायक गोबिन्दा देखी रवि किशन रौतहट आउँदै

रौतहट। मधानी महायज्ञलाई लक्षित गर्दै रौतहटको मौलापुर नगरपालिका अन्तर्गत सरसफाई अभियान सुरु भएको छ।

मौलापुरस्थित पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेस गराउन महाशीवरात्रीको अवसरमा आयोजना हुँदै आएको मधानी महायज्ञ लाई लक्षित गर्दै सरसफाई अभियान सुरु भएको हो।

मौलापुर नगरपालिकाको जगको रूपमा मनाइने मधानी महोत्सवको उपलक्ष्यमा घरघरमा अतिथि पाहुनाहरु आउनुहुने भएकोले सरसफाई अभियानमा सहभागी हुन मेयर रिना कुमारी साहले सम्पूर्ण नगरबासी लाई आग्रह गरेकी छन्।

‘हाम्रो नगर, सुन्दर शहर’ अभियानका रुपमा नगरका मुल हाइवे देखि ठूलो सानो सबै भित्री सडक समेत सरसफाई गर्ने अभियान शनिवार देखि सुरु भएको छ ।

सम्पूर्ण नगरवासीमा आफ्नो घर अगाडि पछाडि, बाटोमा रहेको फोहर, पराल, गाई गोरु भैंसीलाई ख्वाउन राखिएको नादका साथै छेउछेउमा राखिएको सबै किसिमको समान हटाइ बाटो सफा राख्न मौलापुर नगरपालिकाले आग्रह गरेको छ।

पूर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहको पहलमा २०७६ सालदेखि मौलापुर नगरपालिकामा मधानी महायज्ञको आयोजना हुँदै आएको छ। पहिलो बर्ष तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि बनेर मधानी महायज्ञको उदघाटन गरेकी थिइन्। महाशिवरात्रीको अवसरमा भगवान शिवको बिशेष पूजा मधानी महायज्ञ हुने गर्दछ।

मौलापुरमा हुने सप्ताहब्यापी कार्यक्रममा धार्मिकसँगै सांस्कृतिक पक्षलाई पनि बिशेष महत्व दिने गरिन्छ। उक्त अवसरमा भारतीय सिनेजगतका सुपर स्टार संगै नेपाली सिने जगतका सुपर स्टार नायक नायिकाहरु मौलापुरमा प्रस्तुती दिनेछन्। यसपटक मौलापुरमा वलिउड नायक गोबिन्दा, भोजपुरी नायक रविकिशन, पल शाह, दिनेश डिसीलगायत उपस्थित हुनेछन् ।

साथै, सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरु लाई पनि आआफ्नो प्रस्तुतिका लागि अवसर दिईने गरिन्छ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...