View Point Long Banner Ad

अभिनेत्री रेखाको उपहारलाई सांसद सुनिल शर्माले दिए साथ

काठमाडौं । नेपाली काँग्रेसका सांसद सुनील शर्माले फिल्म ‘उपहार’ले नेपाली फिल्मको उचाई अझ माथि पु¥याउने बताएका छन् । शुक्रबार सार्वजनिक भएको हेरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा ट्रेलर शेयर गर्दै स्टाटस लेखेका छन् ।

‘नेपाली सिने जगतकी सुपरस्टार चर्चित अभिनेत्री महिला नेतृ बहिनी रेखा थापा टिमको फागुन २५ गते शिवरात्रीको दिन चलचित्र ‘उपहार’ प्रदर्शनमा आँउदैछ । सोहि अनुरुप फिल्मको ट्रेलर सार्वजनिक भयो, हेरियो । निक्कै कौतुहलता जगाउने टेलर हेरे पछि पक्कै पनि यो फिल्मबाट रेखा र टिमले नेपाली चलचित्रको हाईट अझै माथि पुर्याउने आशा एवम् बिस्वास राखेको छु’, उनले लेखेका छन् ।

उनले अभिनेत्री रेखा थापालाई नेतृत्वदायी भूमिका निभाउन सक्ने, हक्की, निडर र महिला दिदीबहिनीहरुको पीर भावना बुझ्न सक्ने क्षमतावान नारीका रुपमा आफूले चिनेको उल्लेख गरेका छन् ।

‘रेखा म निर्वाचित मोरङ क्षेत्र नम्बर ३ को विराटचोक निवासी चेली पनि हुन् । उनी नेतृत्वदायी भुमिका निभाउन सक्ने, हक्की, निडर र महिला दिदीबहिनीहरुको पिर भावना बुझ्न सक्ने क्षमतावान नारी हुन् । बहिनीलाई मेरो साथ सहयोग र शुभेच्छा सधै रहने छ । सहकार्य रहने छ । बहिनी रेखा तथा सिंगो उपहार टिमलाई बधाई तथा शुभकामना,’ उनले लेखेका छन् ।

ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको ट्रेलर शुक्रबार सार्वजनिक ट्रेलरमा काठमाडौं महानगरपालिकाले सर्वसाधारणको घर भत्काएपछि उत्पन्न परिस्थितिलाई चित्रण गरिएको छ । खास गरी बाटोमा व्यापार गर्ने सर्वसाधारणको व्यापारलाई नगर प्रहरीले उठाएर लगेपछिको तनावलाई पनि ट्रेलरमा स्थान दिइएको छ । अभिनेत्री रेखा थापालाई चिया बेच्ने महिलाको रुपमा प्रस्तुत गरिएको ट्रेलरमा अभिनेता मुकुन भुषाललाई ट्याक्सी ड्राइभरका रुपमा देखाइएको छ । ट्रेलरका अधिकांश दृश्यमा कमेडीलाई स्थान दिइएको छ ।

फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको पनि अभिनय छ । बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...