View Point Long Banner Ad

सान्जेन जलविद्युत कम्पनीको आइपिओ भर्ने समय पुनः थप

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई खुला गरेको आइपिओमा आवेदन दिने समय पुनः थप गरेको छ । स्थानीयले अब ३० असोजसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएकाे छ ।  यसअघि पनि कम्पनीले समय थप गरेर ४ असोजसम्म आइपिओ भर्न सकिने व्यवस्था गरेको थियो ।

तर, सो समयमा सबै कित्ता सेयर बिक्री नभए पनि फेरि समय थप गरिएको हो । कम्पनीले ५ भदौदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपिओ बिक्री खुला गरिरहेको छ । कम्पनीले एक सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो ।

यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका-५ चिलिमे र आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका-४ गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् । यस्तै, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम सात सय  कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यो आइपिओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ । सह-निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबी क्यापिटल रहेका छन् । यसमा सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।


बैंकहरुले सीएसआरको पैसा जेनजी आन्दोलनबाट प्रभावितको हितमा खर्च गर्न सक्ने

बैंकहरुले सीएसआरको पैसा जेनजी आन्दोलनबाट प्रभावितको हितमा...

वि.सं.२०८२ असोज २९ बुधवार ११:२७

काठमाडौँ । बैंकहरूले सीएसआरको पैसा जेनजी आन्दोलन प्रभावितको हितमा खर्च...

कार्यक्रम, गोष्ठी, तालिम, गाडी, भत्ता र भ्रमणमा पूर्णतः रोक

कार्यक्रम, गोष्ठी, तालिम, गाडी, भत्ता र भ्रमणमा...

वि.सं.२०८२ असोज २९ बुधवार ११:०५

विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको...

निर्यातमा नगद अनुदान रोक्दा लगानी, रोजगारी र निर्यात प्रभावित हुन्छ: महासङ्घ

निर्यातमा नगद अनुदान रोक्दा लगानी, रोजगारी र...

वि.सं.२०८२ असोज २८ मंगलवार १३:०८

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले निर्यातमा नगद अनुदानको व्यवस्था...

३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म स्टार्टअप उद्यम कर्जा पाइने

३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म स्टार्टअप उद्यम...

वि.सं.२०८२ असोज २६ आइतवार १६:४२

काठमाडौँ । सरकारले सूचना प्रविधिको बढ्दो प्रयोग एवम् व्यवसायको क्षेत्रमा...

सेयर बजारमा पोजिटिभ सर्किट ब्रेक

सेयर बजारमा पोजिटिभ सर्किट ब्रेक

वि.सं.२०८२ असोज २३ बिहीवार ११:५०

कारोबार सुरु भएको ३ मिनेटमै सेयर बजार ४ प्रतिशत बढेर...

विपद् व्यवस्थापनमा बागमती सरकारः ५ करोड ४० लाख बजेट निकासा

विपद् व्यवस्थापनमा बागमती सरकारः ५ करोड ४०...

वि.सं.२०८२ असोज २१ मंगलवार १९:५२

हेटौँडा । बागमती प्रदेश सरकारले मनसुनजन्य विपद्को पूर्वतयारी तथा प्रतिकार्यका...