राप्रपाले टुङ्गो लगायो भीमदत्तमा प्रमुख र उप–प्रमुखमा उम्मेदवार
राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले भीमदत्त नगरका उम्मेदवार टुङग्याएको छ । राप्रपाले भीमदत्त नगरमा प्रमुख र उप प्रमुखका उम्मेदवारको टुङगो लगाएको हो ।
सोमबार एक कार्यक्रमका विच राप्रपाले भीमदत्त नगरको प्रमुखमा गजेन्द्र बहादुर चन्द र उपप्रमुखमा हेलेन श्रेष्ठलाई उम्मेबार बनाएको घोषणा गरेको छ ।
राप्रपा भीमदत्त नगरका अध्यक्ष करन बहादुर पालले नगरमा अहिले प्रमुख र उपप्रमुखको मात्रै उम्मेदवार टुङगो लगाएर जनताको घरदैलामा जान शुरु गरेको बताए । ‘अहिले प्रमुख र उपप्रमुखको मात्रै उम्मेदवार तय भएको छ, ‘उनले भने, ‘वडाबाट सिफारिस भई आउनेक्रम जारीछ ।’ राप्रपा भीमदत्त नगरको प्रमुखका उम्मेदवार चन्द पाटी कञ्चनपुरका अध्यक्ष र उपप्रमुखका उम्मेदवार श्रेष्ठ महिला संगठन जिल्ला अध्यक्ष हुन् ।
यस अघि चन्दले ४ हजार ३२८ मत ल्याएका थिए । यस पटक जनमत बृद्धि भई जित्ने उनले दावि गरे । राप्रपा महिला नेतृ एव महिला अगुवा समेत रहेकी हेलेन श्रेष्ठले पाटीले दिएको जिम्मेबारी निर्वाह गर्दै चुनावी एजेण्डा लिएर जनताको घरदैलोमा जाने बताईन । राप्रपाका उम्मेदवारद्वय चन्द र श्रेष्ठले कमाउन नभई नगरको विकास र भ्रष्टाचार मुक्त गराउन उम्मेदवार रहेको समेत बताएका छन् ।
प्रमुखमा चन्द र उपप्रमुखमा श्रेष्ठ उम्मेदवार भएको घोषणा सगै नगरमा घरदैलो समेत गरेका छन् । दुवै उम्मेदवारले ‘सुन्दर शान्त हराभराका साथै भ्रष्टाचार मुक्त महेन्द्रनगर नगरपालिका बनाउने घोषणा गरेका छन् ।
वि.सं.२०७८ चैत २९ मंगलवार १४:५२
















