सूर्य चिह्नबाट चुनाव लड्न विप्लवलाई ओलीको आग्रह
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनाव सार्ने षड्यन्त्र भइरहेको बताएका छन् । मंगलबार ललितपुरमा आयोजित नयाँ बर्ष शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई प्रतिगामी तत्वको संज्ञा दिदै चुनाव सार्ने षडयन्त्रमा लागेको बताएका हुन् । उनले विप्लवलाई सूर्य चिह्नबाट चुनाव लड्न आग्रह समेत दिएका छन् ।
प्रतिगामी तत्वहरु अहिले पनि चुनाव सार्ने कोशिस गरिरहेका छन् । चुनाव सारेर स्थानीय तह रिक्त गर्दिने । लोकतन्त्र रहन्छ ? लोकतन्त्र समाप्त पार्ने’, ओलीले ०५९ सालमा पनि शेरबहादुर देउवाले त्यसै गरेको बताए । उनले देउवालाई आग्रह गर्दै भने, ‘यसपटक शेरबहादुरजीको त्यो खराव रेकर्ड नदोहोरियोस् ।’ उनले प्रधानमन्त्री देउवासहित प्रचण्ड माधव चुनाव रोक्ने षडयन्त्रमा लागिसकेको दावी समेत गरे ।
वि.सं.२०७८ चैत २९ मंगलवार १६:४८
















