मिडिया कप फुटसलको उपाधि न्युज २४ लाई, पत्रकार महासङ्घ ललितपुर उपविजेता
मिडिया कप फुटसलको उपाधि न्युज २४ टेलिभिजनले जितेको छ । ललितपुरस्थित च्यासलमा मंगलबार बिहान भएको फाइनल खेलमा न्युज २४ ले पत्रकार महासङ्घको ललितपुर शाखालाई ५–२ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

विजेताले न्युज २४ ले २५ हजार नगदसहित ट्रफी र मेडल पायो । उपविजेता ललितपुर शाखाले १५ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्यो । १६ टिमले सहभागिता जनाएको उक्त प्रीतयोगिता नकआउटका आधारमा खेलाइएको थियो ।

नेपाल खेलकुद पत्रकार महासंघले आफ्नो ६७औं स्थापना दिवसको अवसरमा ‘मिडिया कप फुटसल’ प्रतियोगिता आयोजना गरेको हो । पत्रकारबीच निरन्तर समन्वय, सहकार्य र भाइचाराको वातावरण तयार गर्ने उद्देश्यले महासंघले फुटसल प्रतियोगिताको आयोजना गरको हो ।

वि.सं.२०७८ चैत २९ मंगलवार १४:१०















