View Point Long Banner Ad

रुसविरुद्ध लगाइएको प्रतिबन्ध पश्चिमा मुलुकमा घातक हुन्छ: पुटिन

रुसविरुद्ध लगाइएको प्रतिबन्ध पश्चिमा मुलुकका लागि पनि घातक हुने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । मस्को सबै समस्या समाधान गर्न सक्षम रहेको र बलियो रुपमा उदाउने पुटिनको भनाइ छ ।

युक्रेनमा रुसले भन्दै आएको सैन्य अपरेशनको विकल्प नभएको पुटिनको भनाइ छ । उनले रुस अल्पकालिन आर्थिक लाभका लागि आफ्नो सम्प्रभुतासँग सम्झौता गर्ने खालको मुलुक नभएको बताएका छन् ।

‘यी प्रतिबन्धहरु कुनै पनि किसिमबाट लगाउन सकिने थियो,’ पुटिनले बिहीबार भएको रुसी सरकारको बैठकमा भने, ‘केही सवाल, समस्या र कठिनाईहरु छन् । तर विगतमा पनि हामी यस किसिमको अवस्थाबाट बाहिरिन सफल भएका थियौँ । हाल पनि बाहिर आउन सफल हुनेछौँ ।’

उनले अगाडि थपे, ‘अन्त्यमा यी सबैले हाम्रो आत्मनिर्भरता, पर्याप्तता र हाम्रो सम्प्रभुताको वृद्धितर्फ डो–याउँछ । उनको यो भनाइलाई पश्चिमी प्रतिबन्धहरुलाई आत्म पराजितको रुपमा चित्रण गर्न र रुसीलाई आश्वस्त पार्नका आएको विश्लेषण गरिएको छ ।

मस्को एक प्रमुख उर्जा उत्पादक भएको र यसले युरोपको ग्यास आवश्यकताको एक तिहाई आपूर्ति गर्दै आएको पुटिनले बताएका छन् । अमेरिकाले भने रुसी तेलमाथि प्रतिबन्ध लगाइसकेको छ । उसले आफ्नो आवश्यकताको ३ प्रतिशत मात्रै रुसी तेल खरिद गर्दै आएको थियो ।

‘अमेरिकामा पनि मूल्य उच्च भएको छ, मुद्रास्फीति अप्रत्यासित रुपमा वृद्धि भएको छ र कीर्तिमानी उच्च अवस्थामा पुगेको छ । उनीहरुले यसका लागि आफ्नै गल्ती भएको मान्दै आएका छन् । यस विषयसँग हामीलाई केही गर्नु छैन,’ पुटिनले बताए ।


पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८० भन्दा बढी घाइते

पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८०...

वि.सं.२०८२ असोज २९ बुधवार १३:४५

स्पिन बोल्दाक । अफगानिस्तान–पाकिस्तान सीमामा भएको  झडपमा कम्तीमा १५ जना...

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

वि.सं.२०८२ असोज २६ आइतवार १६:००

२६ असोज, काठमाडौं । बेलायतमा सञ्चालित ‘एक्सरसाइज क्यामब्रेन पेट्रोल २०२५’...

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको तालिवानको दाबी

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको...

वि.सं.२०८२ असोज २६ आइतवार १४:४३

काबुल । पाकिस्तान गरेको आक्रमणको बदला लिन गरिएको कारबाहीमा ५०...

हलिउड अभिनेत्री डायन किटनको निधन

हलिउड अभिनेत्री डायन किटनको निधन

वि.सं.२०८२ असोज २६ आइतवार १०:५८

लस एञ्जलस । प्रसिद्ध हलिउड अभिनेत्री डायन किटनको निधन भएको...

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको मृत्यु

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको...

वि.सं.२०८२ असोज २६ आइतवार १०:३५

२६ असोज, काठमाडौं। इजिप्टको प्रसिद्ध रिसोर्ट शहर शर्म अल-शेख नजिक...

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के भन्छन् ट्रम्पका छोरा ?

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के...

वि.सं.२०८२ असोज २४ शुक्रवार १४:१५

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कारको...