View Point Long Banner Ad

जर्मनी जाने प्रमुख ग्यासको पाइपलाइन बन्द गरिदिने रुसको चेतावनी

यदि पश्चिमा राष्ट्रहरुले रुसी तेलमाथि प्रतिबन्ध लगाएमा जर्मनी जाने प्रमुख ग्यासको पाइपलाइन बन्द गरिदिने चेतावनी रुसले दिएको छ । रुसका उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले भनेका छन्, ‘रुसी तेलको बहिष्कार विश्वव्यापी बजारका लागि महामारी नतिजा ल्याउन सक्छ, मूल्य प्रति व्यारेल ३०० डलरभन्दा पनि बढी हुन सक्छ ।’

युक्रेनमा आक्रमण गरेका कारण रुसलाई दण्डस्वरुप आफ्ना मित्रहरुसँग मिलेर सम्भावित रुपमा प्रतिबन्ध लगाउने उपायको खोजी अमेरिकाले गरिरहेको छ ।
तर जर्मनी र नेदरल्यान्डले सोमबार उक्त योजना अस्वीकार गरेका छन् ।

ईयूमा उसको आवश्यकताको ४० प्रतिशत ग्यास र ३० प्रतिशत तेल रुसबाट आउने गरेको छ र यो आपूर्ति नभएमा यसको विकल्प दिन मुश्किल पर्छ ।
एक टिभी सम्बोधनका क्रममा नोभाकले भने, ‘युरोपेली बजारमा रुसी तेललाई तत्काल विस्थापित गर्न असम्भव छ ।

यसका लागि वर्षौं लाग्छ र युरोपेली उपभोक्ताका लागि अझै व्यापक महँगो पर्न जान्छ । अन्ततः यसको आउटकमबाट नराम्रो आघात पर्न सक्छ ।’
गत महिना जर्मनीको नर्ड स्ट्रिम–२ को प्रमाणीकरण रोक्का गर्ने निर्णयलाई इंगित गर्दै तेलमाथिको प्रतिबन्धले बदलालाई प्रेरित गर्न सक्छ ।

‘हामीमाझ मिल्दो खालको निर्णय गर्ने अधिकार र नर्ड स्ट्रिम–१ बाट ग्यास रोक्ने अधिकार पनि छ,’ उनले भने । रुस विश्वकै ठूलो प्राकृतिक ग्यासको उत्पादक र कच्चा तेलको दोस्रो सबैभन्दा ठूलो उपभोक्ता पनि हो । त्यसैले यदि रुसको ऊर्जा उद्योगमा प्रतिबन्ध लगाइने हो भने यसले रुसी अर्थतन्त्रलाई नराम्ररी क्षति पु¥याउँछ


पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८० भन्दा बढी घाइते

पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८०...

वि.सं.२०८२ असोज २९ बुधवार १३:४५

स्पिन बोल्दाक । अफगानिस्तान–पाकिस्तान सीमामा भएको  झडपमा कम्तीमा १५ जना...

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

वि.सं.२०८२ असोज २६ आइतवार १६:००

२६ असोज, काठमाडौं । बेलायतमा सञ्चालित ‘एक्सरसाइज क्यामब्रेन पेट्रोल २०२५’...

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको तालिवानको दाबी

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको...

वि.सं.२०८२ असोज २६ आइतवार १४:४३

काबुल । पाकिस्तान गरेको आक्रमणको बदला लिन गरिएको कारबाहीमा ५०...

हलिउड अभिनेत्री डायन किटनको निधन

हलिउड अभिनेत्री डायन किटनको निधन

वि.सं.२०८२ असोज २६ आइतवार १०:५८

लस एञ्जलस । प्रसिद्ध हलिउड अभिनेत्री डायन किटनको निधन भएको...

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको मृत्यु

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको...

वि.सं.२०८२ असोज २६ आइतवार १०:३५

२६ असोज, काठमाडौं। इजिप्टको प्रसिद्ध रिसोर्ट शहर शर्म अल-शेख नजिक...

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के भन्छन् ट्रम्पका छोरा ?

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के...

वि.सं.२०८२ असोज २४ शुक्रवार १४:१५

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कारको...