View Point Long Banner Ad

रुसी आक्रमणमा विश्वको सबैभन्दा ठूलो विमान ध्वस्त

विश्वको सबैभन्दा ठूलो विमान, एन्टोनोभ एएन–२२५, युक्रेनमा रुसी आक्रमणको क्रममा नष्ट भएको छ । युक्रेनी अधिकारीले यो कुरा दाबी गरेका छन् । यो खबरले उड्डन जतगमा चिन्ता र उदासी उत्पन्न गरेको छ किनभने यो विमानले शीर्ष स्थान ओगटेको छ ।

युक्रेनियन भाषामा ‘म्रिया’ र ‘ड्रिम’ भनिने यो विशाल विमान किएभ नजिकैको एयरफिल्डमा पार्क गरिएको थियो । यसलाई रुसी आक्रमणकारीले हमला गरेको युक्रेनी अधिकारीले बताए । आफूले यो विमान पुनः निर्माण गर्ने पनि उनीहरुले जानकारी दिए ।

‘रसियाले हाम्रो म्रिया ध्वस्त पारेका हुनसक्छन् । तर तिनीहरुले हाम्रो बलियो, स्वतन्त्र र लोकतान्त्रिक युरोपेली राज्यको सपनालाई कहिल्यै नष्ट गर्न सक्दैनन् । हामी सफल हुनेछौँ ’ युक्रेनका विदेशमन्त्री डिमित्रो कुलेबाले ट्वीटरमा भने ।

तर यो विमान ध्वस्त पारिएको कुराको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । एन्टोभोन कम्पनीका अनुसार विज्ञद्वारा अनुसन्धान नभएसम्म उक्त विमानको प्राविधिक अवस्थाबारे थाहा नहुने बताएको छ ।

एन्टोनोभलाई म्यानेज गर्ने युक्रेनको राज्य रक्षा कम्पनी युक्रोबोरोन्प्रोमले आइतबार एक वक्तव्य जारी गर्दै विमान ध्वस्त पारिएको तर यसलाई रसियाको खर्चमा यो बनाउने बताएको छ । विमान बनाउन ३ बिलियन डलर लाग्ने पनि बताइएको छ ।

‘विमान पुनर्निर्माणमा ३ बिलियन अमेरिकी डलर खर्च हुनेछ र यसलाई बनाउन पाँच वर्ष लाग्नेछ,’ वक्तव्यमा भनिएको छ । ‘हाम्रो चाहना यो छ कि उक्त विमान बनाउने खर्च रसियाले उठाओस् जसले युक्रेनको उड्डयन र कार्गो क्षेत्रमा नियोजित क्षती पुर्याउने उद्देश्य राखेको छ ।’

पछि जारी गरिएको वक्तव्यमा कम्पनीले दिएको जानकारी अनुसार उक्त विमान किएभ नजिकै मर्मतका लागि पार्क गरेर राखिएको अवस्थामा थियो ।

‘एन्टोनोभ एयरलाइन्सका निर्देशकका अनुसार एउटा इन्जिन मर्मतका लागि निकालिएको थियो र उपयुक्त आदेश दिएपनि त्यसदिन विमानले उडान भर्न सकेको थिएन,’ उक्त वक्तव्यमा भनिएको छ ।

रसियाली सेनाले एएन–२२५ राखिएको होस्टोमेल एयरफिल्म कब्जा गरेको शुक्रबार दाबी गरेको थियो ।सीएनएन


पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८० भन्दा बढी घाइते

पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८०...

वि.सं.२०८२ असोज २९ बुधवार १३:४५

स्पिन बोल्दाक । अफगानिस्तान–पाकिस्तान सीमामा भएको  झडपमा कम्तीमा १५ जना...

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

वि.सं.२०८२ असोज २६ आइतवार १६:००

२६ असोज, काठमाडौं । बेलायतमा सञ्चालित ‘एक्सरसाइज क्यामब्रेन पेट्रोल २०२५’...

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको तालिवानको दाबी

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको...

वि.सं.२०८२ असोज २६ आइतवार १४:४३

काबुल । पाकिस्तान गरेको आक्रमणको बदला लिन गरिएको कारबाहीमा ५०...

हलिउड अभिनेत्री डायन किटनको निधन

हलिउड अभिनेत्री डायन किटनको निधन

वि.सं.२०८२ असोज २६ आइतवार १०:५८

लस एञ्जलस । प्रसिद्ध हलिउड अभिनेत्री डायन किटनको निधन भएको...

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको मृत्यु

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको...

वि.सं.२०८२ असोज २६ आइतवार १०:३५

२६ असोज, काठमाडौं। इजिप्टको प्रसिद्ध रिसोर्ट शहर शर्म अल-शेख नजिक...

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के भन्छन् ट्रम्पका छोरा ?

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के...

वि.सं.२०८२ असोज २४ शुक्रवार १४:१५

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कारको...