सरकारमा बसेर दोहोरो भूमिका खेल्न हुदैनः मन्त्री झाँक्री
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा बसेर एमसिसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी हुन् ।
उनले भनिन्, ‘कि त सरकार छोडेर सडकमा जानु परयो कि सरकारमा बसेर सडकमा जानु भएन ।’ सत्ता पनि चाहिने, सरकारको काममा पनि विरोध गर्नुपर्ने हो भने यो विरोधाभाषपूर्ण कुराबाट सबै मुक्त हुनुपर्ने उनको भनाइ थियो ।
उनले थपिन्, ‘विरोधाभाष कुरा हुँदैन । पार्टीले निर्णय गर्छ भने एक मिनेट सरकारमा बस्न मन छैन ।’सबै जिल्ला कमिटीलाई एमसीसीको विषयमा धारणा पठाउन आग्रह गर्दै उनले एमसीसी गलत भए आफूहरु ब्याक हुने बताइन्।
वि.सं.२०७८ फागुन ११ बुधवार १६:४३
















