एमसीसीविरुद्ध उर्लियो एकीकृत समाजवादीका भ्रातृ संगठनहरु (फोटोफिचर)
अमेरिकी सहायता परियोजना एमसीसी विरुद्ध एकीकृत समाजवादीका भ्रातृ संगठनहरूले प्रदर्शन गरेका छन् । उनीहरूले आइतबार बबरमहलदेखि माइतीघरसम्म प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा समाजवादीको भ्रातृ संगठन अनेरास्ववियु, युवा संघ नेपाल, समाजवादी अपाङ्गता संगठन नेपाल, अखिल नेपाल किसान महासंघ, नेपाल खेलकुद महासंघ समाजवादीलगायतका संगठनहरू प्रदर्शनमा सहभागी थिए ।
प्रदर्शनकारीहरूले एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, ब्याक एमसीसीलगायतका प्लेकार्डसहितको नारा लगाएका थिए ।







वि.सं.२०७८ फागुन १ आइतवार १७:३६
















