View Point Long Banner Ad

रवि लामिछानेका पक्षमा सुशील पन्तपछि रमन श्रेष्ठको बहस जारी

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतमा प्रतिवादी रवि लामिछानेका तर्फबाट पूर्वमहान्यायाधिवक्ता सुशील पन्तले बहस सकेका छन्।

यसपछि उनकै तर्फबाट अर्का पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठले बहस गरिरहेका छन्।

गत पुस २८ गते आइतबार आफैँ अदालतमा उपस्थित भएर बयान दिएका रविका विषयमा जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलसामा पुस २९ सोमबारदेखि थुनछेक बहस भइरहेको हो।

सोमबार रविविरुद्ध सरकार र जाहेरवाला तर्फका वकिलहरूले बहस गरेका थिए। उनीहरूले रविलाई थुनामै राख्नुपर्ने तर्क गरेका छन्।

जाहेरवाला वकिलको जिकिर स् रविले पहिले पनि शक्तिको दुरुपयोग गरेकै हुन्, नथुने फेरि मुद्दा प्रभावित पार्छन्
सरकारी र जाहेरवालातर्फका वकिलको बहस सकिएपछि प्रतिवादी लामिछानेतर्फका अधिवक्ताले आज बहस गरिरहेका हुन्।

यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगीमा कात्तिक २ देखि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछाने कास्की जिल्ला अदालतको आदेशमा पुस २५ गते बिहीबार ६५ लाख धरौटी तिरेर रिहा भएका थिए।

यसको भोलिपल्ट पुस २६ शुक्रबार साँझ काठमाडौँ आइपुगेका रास्वपा सभापति लामिछाने पुस २८ आइतबार बिहानै जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका थिए।

त्यस दिन बयान लिएका न्यायाधीश माधवप्रसाद अधिकारीले त्यही दिन थुनछेक बहस थाल्न समय अभाव भएको भन्दै रविलाई न्यायिक हिरासतमा लान आदेश दिएका थिए।

रविले घर पठाइदिन बिन्ती गरेपछि आधा घण्टा इजलासमा चलेको सवालजवाफ
त्यस दिनदेखि जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका रविबारेको थुनछेक बहस पुस २९ सोमबार पनि नसकिएपछि मंगलबार माघ १ गते माघे संक्रान्तिको बिदा परेकाले आज माघ २ बुधबारदेखि पुनः निरन्तरता दिइएको हो।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...