View Point Long Banner Ad

थमन बि.क हत्या प्रकरणको मुद्दा ः उच्च अदालत जनकपुरमा १३औं पटक तोकियो पेसी

२ माघ, काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या मुद्दामा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका निलम्बित प्रदेश सांसद अभिराम शर्माको मुद्दाको पेस आज तोकिएको छ । यो मुद्दामा १३औं पटक पेसी तोकिएको हो ।

उच्च अदालत जनकपुरमा न्यायाधीशद्वय गीताप्रसाद तिम्सिना र राजुराम सिलवालको संयुक्त इजलासमा यो मुद्दा परेको छ ।

 

०७२ भदौ २५ मा भएको हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका सांसद शर्माको तर्फबाट उनका पिता महेन्द्र शर्माले २०८१ वैशाख ९ गते उच्च अदालतमा मुद्दा दर्ता गरेका थिए। तर, यो मुद्दा पटकपटक स्थगित हुँदै आएको छ ।

पेसी स्थगित हुने घटनाले कानूनी व्यवसायीहरूबीच सामान्य सेटिङ नमिलेका हुनसक्ने आरोप लाग्ने गरेको छ ।

 

यसअघि २०८१ पुस १७ मा महेन्द्रनाथ उपाध्याय र ध्रुव कुमार पियाको संयुक्त इजलासमा पेसी परेपनि हेर्ने नभ्याइनेमा परेको थियो ।

मुद्दा सुनुवाइका क्रममा ६ पटक विभिन्न कानूनी कारण, दुईपटक अन्य कारण र केही पटक मुद्दा साथै राख्नुपर्ने अवस्था सिर्जना हुँदा पेसी स्थगित भएको थियो ।

मधेश प्रदेश सभाले २०८१ वैशाख १८ गते सशस्त्र प्रहरीका असइ थमन विकको हत्या प्रकरणमा दोषी ठहरिएपछि सांसद शर्मालाई निलम्बन गरेको थियो ।

महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ मा नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ दिए पनि अभिराम शर्मालाई न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले जन्मकैदको सजाय सुनाएको थियो। सोही इजलासले प्रदीप साह, सञ्जयकुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायसहित सात जनालाई पनि जन्मकैदको फैसला सुनाएको थियो।

२०७२ भदौ २५ मा महोत्तरीको जलेश्वरमा मधेशी मोर्चाका कार्यकर्ताले सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई नियन्त्रणमा लिएर लाठी, मुक्का, लात्तीले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । उपचारका लागि जनकपुर लैजाने क्रममा आन्दोलित भीडले एम्बुलेन्सबाट विकलाई निकालेर हत्या गरेको प्रहरीले प्रतिवेदनमा उल्लेख गरेको छ।

२०७२ फागुन २७ मा महोत्तरी जिल्ला अदालतमा यो मुद्दामा २८ जनाविरुद्ध कर्तव्य ज्यान र २५ जनाविरुद्ध आगजनीको मुद्दा दर्ता गरिएको थियो ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...