यू-१९ विश्वकप : सुपर सिक्समा बंगलादेशसँग खेल्दै नेपाल
काठमाडौं । यू-१९ विश्वकप क्रिकेटमा आज नेपालले बंगलादेशसँग खेल्दैछ।
नेपालले खेल्ने खेल सुपर सिक्सको पहिलो खेल हो। खेल दक्षिण अफ्रिकामा दिउँसो पौने २ बजे देखि सुरू हुनेछ। समूह चरणका तीन खेलमा १ खेल जितेर समूहको तेस्रो स्थान कायम गर्दै नेपालले सुपर सिक्समा स्थान बनाएको हो।
बंगलादेश समूह ‘ए’को उपविजेता हो। उसले समूह चरणमा अमेरिका र आयरल्याण्डलाई पराजित गरेको थियो।
वि.सं.२०८० माघ १७ बुधवार ०८:१४
















