View Point Long Banner Ad

पिंगलास्थानमा युवती मृत्यु प्रकरण ः मृतकको मोबाइल समेत लिएर युवक फरार

१८ पुस, काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा मृत फेला परेकी युवतीको कोठामा रेडबुलको बट्टा भेटिएको छ ।

अन्य कुनै खानेकुराहरू नभेटिएकाले घटनाको प्रकृति हेर्दा ती युवतीले रेडबुल पिएको जस्तो देखिएको प्रहरी अधिकारीहरू बताउँछन् ।

शरीरमा कतै पनि घाउ चोट नलागेको अवस्थामा युवतीको शव बुधबार भेटिएको थियो । घटनास्थल मुचुल्का गर्ने क्रममा युवतीको मुखबाट फिज निस्किएजस्तो पदार्थ देखिएको प्रहरी अधिकारीको भनाइ छ ।

‘कतै घाउचोट पनि नहुनु । बेडमै मृत भेटिनु र मुखबाट फिँजजस्तो पदार्थ देखिएकाले रेडबुलमा मिसाएर कुनै नसालु पदार्थ सेवन गरेरगराएर हत्या भएको हो कि भन्ने आशंका गरेका छौं,’ एक अनुसन्धान अधिकृत भन्छन्, ‘यद्यपि पोस्टमार्टम रिपोर्ट आउन बाँकी नै रहेकाले मृत्युको कारण यकिन हुन बाँकी नै छ ।’

 

बुधबार बागमती होटलको कोठा नम्बर ३०८ मा मृत भेटिएकी युवती नयाँ वर्षको अघिल्लो दिन उक्त होटलमा पुगेकी थिइन् । एक युवकसँगै होटलमा पुगेकी ती युवती भोलिपल्ट बुधबार मृत भेटिएकी हुन् । मृत भेटिएकी युवती कागेश्वर मनोहरा ठेगाना भएकी २१ वर्षीया सुस्मिता खड्का रहेको प्रहरीले जनाएको छ ।

उनी खुट्टामा जुत्ता लगाएकै अवस्थामा मृत भेटिएकी थिइन् । जसकारण युवती कोठाबाट बाहिर निस्कन लागेपछि उनी सँगै होटलमा आएका युवकले बाहिरबाट ताला लगाएर फरार भएको हुनसक्ने आशंका प्रहरीको छ । ‘खुट्टामा जुत्ता लगाएकै अवस्थामा मृत भेटिएकाले उनी कोठाबाट बाहिरिने तरखरमा थिइन् कि भन्ने बुझ्न सकिन्छ । अब संदिग्ध व्यक्ति पक्राउ परेपछि मात्रै थप कुराहरू खुल्ला’ एक अनुसन्धान अधिकृतले भने ।

मंगलबार कोठामा बस्न आएका युवायुवती बाहिरबाट ढोकामा ताला लगाएर सम्पर्कविहीन भएको भन्दै बिहीबार होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा बुधबार दिउँसो ताला फुटाएर हेर्दा युवतीको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

युवती मृत भेटिएपछि प्रहरी वृत्त गौशाला, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानको क्रममा युतवीसँगै होटलमा बस्न आएका ती युवकले मृत युवतीको मोबाइल समेत लिएर गएको खुलेको छ ।

‘कोठाको बाहिरबाट ताला लगाएर युवतीको मोबाइल लिएर ती युवक फरार भएको देखिन्छ । युवकको हामीले पहिचान गरिसकेका छौं,’ प्रहरी स्रोतले बताए । फरार युवकको पहिचान भइसकेको र पक्राउ गर्न मात्रै बाँकी रहेको प्रहरीले जनाएको छ ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...