View Point Long Banner Ad

सीडीओ सरुवा : काठमाडौंमा जयनारायण आचार्य

काठमाडौं । गृह मन्त्रालयले काठमाडौंसहितका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ ।

काठमाडौंका सीडीओ जितेन्द्र बस्नेतलाई गृह मन्त्रालयमा तानेर उनको सट्टा जयनारायण आचार्यलाई पठाइएको छ । यसअघि आचार्य कारागार व्यवस्था विभागको महानिर्देशक थिए ।

यसैगरी सिन्धुपाल्चोकमा किरण थापा, सिन्धुलीमा लिलाप्रसाद शर्मा र प्युठानमा रमा आचार्य सुवेदीलाई सीडीओ बनाएर पठाइएको छ ।

यसअघि थापा अध्यागमन कार्यालय भैरहवाको प्रमुख अध्यागमन अधिकृत थिए भने शर्मा र आचार्य गृह मन्त्रालयमै थिए ।

उपसचिव सुवेदीलाई प्युठानको सीडीओ बनाएर पठाएपछि प्युठानका सीडीओ नारायण प्रसाद अर्याललाई मन्त्रालयमा तानिएको छ ।

गृह मन्त्रालयले अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीको रुपमा बाबुलाल अर्याललाई पठाएको छ । अर्याल इलाका प्रशासन कार्यालय चन्द्रौटामा कार्यरत थिए । अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यालाई इलाका प्रशासन कार्यालय चन्द्रौटामा पठाइएको छ ।


जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रतिनिधिसभा पुनर्स्थापनामा सभामुखले पाएनन् दलहरुको ‘ग्रीन सिग्नल’

प्रतिनिधिसभा पुनर्स्थापनामा सभामुखले पाएनन् दलहरुको ‘ग्रीन सिग्नल’

वि.सं.२०८२ असोज २९ बुधवार १८:११

काठमाडौँ । विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूमध्ये नेकपा एमाले...

मन्त्री घिसिङ र जर्मन राजदूतबिच भेटवार्ता

मन्त्री घिसिङ र जर्मन राजदूतबिच भेटवार्ता

वि.सं.२०८२ असोज २९ बुधवार १५:५४

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात...

जेनजीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो : प्रचण्ड

जेनजीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो...

वि.सं.२०८२ असोज २९ बुधवार १५:५२

धादिङ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक...

फेसबुकले होइन, केन्द्रीय कमिटीले भन्यो भने हट्छु : ओली

फेसबुकले होइन, केन्द्रीय कमिटीले भन्यो भने हट्छु...

वि.सं.२०८२ असोज २९ बुधवार १३:२७

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कतिपय...

नेतृत्व लिन नयाँ पुस्ता तयार छ : नैनसिंह महर

नेतृत्व लिन नयाँ पुस्ता तयार छ :...

वि.सं.२०८२ असोज २९ बुधवार १३:०१

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको आन्तरिक...