View Point Long Banner Ad

चुनावी गठबन्धनको विपक्षमा कांग्रेस

काठमाडौं । आगामी चुनावमा कसैसँग तालमेल नगर्ने प्रस्ताव अन्ततः नेपाली कांग्रेसले सर्वसम्मत पारित गरेको छ ।

आइतबार सकिएको केन्द्रीय समिति बैठकले आगामी चुनावमा कसैसँग तालमेल नगर्ने महामन्त्री थापाको प्रस्ताव पारित गरेको हो । ‘हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आमजनताको मत र विश्वास बढाएर नेपाली कांग्रेस एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनः स्थापित गर्नेछौं’, निर्णयमा भनिएको छ ।

महामन्त्री थापाले यो प्रस्ताव गत फागुनमा सम्पन्न महासमिति बैठकमा राखेका थिए । तर महामन्त्री थापाको यस्तो प्रस्तावमा सभापति शेरबहादुर देउवाले विमति जनाए ।

महामन्त्री थापा आफ्नो प्रस्तावमा अडिग रहने र सभापति देउवाले अस्वीकार गर्दा नेताहरु दुई खेमामा विभाजित भएका थिए । त्यसबेला महामन्त्री थापाको प्रस्ताव थियो, ‘पार्टी संगठन र समर्थक–शुभेच्छुकको ताकत र आम जनताको विश्वासमा आगामी आवधिक सबै तहको निर्वाचनमा पार्टी एक्लै लडेर पार्टीलाई पुनः एकल बहुमत सहितको लोकप्रिय पार्टीको रूपमा स्थापित गर्नेछौं ।’

देउवा पक्षीय नेताहरुले चुनावी तालमेल रणनीतिक विषय भएकाले सार्वजनिक निर्णय गरेर जान नहुने तर्क गरे । सभापति देउवा तयार नभएकाले महासमितिले निर्णय लिन सकेन ।

तर यही प्रस्तावलाई देखाएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण बदल्ने निर्णय गरेका थिए । गत २१ फागुनमा कांग्रेससँग सहकार्य तोडेर नेकपा एमालेसँग सत्ता साझेदारी गर्ने निर्णय गर्दा प्रचण्डले महामन्त्री थापाको प्रस्तावलाई देखाएका थिए ।

यद्यपि एमाले र माओवादीको सत्ता सहकार्य लामो समय चलेन । गत १७ असारमा कांग्रेस र एमालेबीच सात बुँदे सहमति मार्फत नयाँ सत्ता सहकार्य सुरु भएको छ ।

सत्ता समीकरण फेरिएपछि गत २३ साउनदेखि सभापति देउवाले केन्द्रीय समिति बैठक बोलाएका थिए । यो बैठकको एजेण्डा महासमितिमा छलफल भएर पारित हुन नसकेकै विषय थिए ।

अर्थात् चुनावी तालमेल, १५औं महाधिवेशनको कार्यतालिका, एक्जिट पोलिसी लगायत एजेण्डामा सहमति जुटाउनुपर्ने थियो ।

जसका लागि लामै छलफल भयो । गत ७ भदौमा केन्द्रीय समिति बैठक स्थगित गरेरै नेताहरुले छलफल गरेका थिए ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...