View Point Long Banner Ad

बागमती सरकारले डीडीसीलाई पाउडर दूध प्लान्ट चलाउन जिम्मा दिने तयारी

हेटौंडा । बागमती प्रदेश सरकारले मकवानपुरको हेटौंडास्थित धुलो दूध कारखाना सञ्चालनको जिम्मा दुग्ध विकास संस्थान (डीडीसी) लाई दिने तयारी गरेको छ ।

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उद्योग सञ्चालनको स्थायी प्रबन्ध नभएसम्म डीडीसीलाई जिम्मा लगाउने तयारी गरेको मन्त्रालयका सचिव विनोद भट्टराईले जानकारी दिए ।

भट्टराईले २० भदौभित्र डीडीसीले सञ्चालन कार्ययोजनाको प्रस्ताव पेश गर्ने बताए । उनका अनुसार दुई वर्षसम्म उद्योग नियमित सञ्चालन नगरे उपकरणहरु बिग्रन सक्ने भन्दै तत्काललाई डीडीसीलाई सञ्चालनको जिम्मा दिन लागिएको हो ।

६ भदौ २०८१ मा प्रदेश दुग्ध विकास बोर्डका अध्यक्षसमेत रहेका कृृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले डीडीसीसँग उक्त धुलो दूध कारखाना सञ्चालन कार्ययोजना माग्ने निर्णय गरेको थियो ।

डीडीसीले हेटौंडा उपमहानगरपालिका-१० मा निर्माण गरिएको धुलो दूध कारखाना (पाउडर प्लान्ट) को एक वर्षयता परीक्षणको रुपमा सञ्चालन गर्दै आएको छ ।

मंसिर २०८० मा उद्योग स्थापना हुँदा पनि बागमती प्रदेशको कृषि मन्त्रालयसँग कारखाना सञ्चालन कार्ययोजना थिएन । त्यसपछि प्रदेश दुग्ध विकास बोर्डसँग १४ मंसिर र २२ माघ २०८० मा भएको सम्झौता अनुरुप डीडीसीले परीक्षणका रुपमा सञ्चालन गर्दै आएको हो ।

पाउडर प्लान्ट सञ्चालनको मोडालिटी टुंगो अझै लागेको छैन । ‘सञ्चालन कार्ययोजना नबनाई उद्योग स्थापना गर्नु गलत थियो । अब यसलाई सञ्चालन कार्ययोजना बनाएर छिट्टै टुंग्याउँछौं’, सचिव भट्टराईले भने, ‘निजी क्षेत्रलाई उद्योग दिइने छैन । दुग्ध उत्पादक सहकारीसँगको साझेदारीमा सञ्चालनको मोडालिटी बनाउने गृहकार्य भइरहेको छ ।’

कार्ययोजना बनाउन डेढ वर्ष समय लाग्ने हुनाले त्यतिन्जेल डीडीसीलाई नै सञ्चालन गर्न दिने योजना कृषि मन्त्रालयको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...