View Point Long Banner Ad

अध्यादेश आइसक्यो आवश्यकता अनुसार नयाँ दल दर्ता गर्छौँ : नेता खतिवडा

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसद विरोध खतिवडाले दल फुटाउन सहज हुने अध्यादेश आइसकाले आवश्यकता अनुसार नयाँ दल दर्ता गर्ने बताएका छन्।

सरकारले सोमबार संसद अधिवेशन अन्त्य गरेर एमाले फुटाउने योजनासहित राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि नेता खतिवडाले ढिलोचाँडो नयाँ दल दर्ता हुने उल्लेख गरे।

सरकारले ल्याएको अध्यादेशको कांग्रेसकै नेताहरु र एमालेसहितका दलहरुले चर्को विरोध गरिरहेका छन्। तर नेता नेपालसँग बालुवाटार भएको सहमति अनुसार नै प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश ल्याएका हुन्।

एमालेले अध्यादेशको विरोध गरिरहेका बेला नयाँ पार्टीका लागि नेपाल समूह भने तीव्र छलफलमा जुटेका छन्। नेता नेपालले सिंहदरबारमा आजै नयाँ दल दर्ताबारे आफूपक्षीय नेता र सांसदसँग छलफल गरे।

नेता नेपालले मंगलबार सिंहदरबार र नयाँबानेश्वरको अर्याल होटलमा साउन ३ मा देउवालाई विश्वासको मत हालेका २२ सांसदसँग संवाद गरेका थिए।

नेपाल पक्षको छलफलमा सहभागी एकजना सांसद विरोध खतिवडाले अध्यादेश आएपछि अगाडि बढ्ने सम्भावित रणनीतिबारे परामर्श भइरहेको बताएका छन्।

‘सरकारले अध्यादेश ल्याएपछि केपी ओली गुटको बैठकले २ सय ६० जना केन्द्रीय सदस्य बनाएर पठाएको खबर आएको छ, उनले भने, नयाँ पार्टी निर्माणका लागि थप पाइला चाल्ने विषयमा हामी छलफलकै चरणमा छौँ।

उनले तात्तातै नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा गइजाने योजना नरहेको पनि बताए। नयाँ दल कहिले दर्ता गर्नुहुन्छ ? भनेर सञ्चारकर्मीले सोध्दा उनको उत्तर थियो, ‘आवश्यकता अनुसार छिटो पनि हुन सक्छ, ढिलो पनि हुनसक्छ।’

अझै पनि ओलीले २०७७ फागुन २८ गतेपछिका निर्णय खारेज गरेर २०७५ जेठ २ मा फर्किए एकता सम्भव रहेको उनले बताए।

एकताका लागि ओली फागुन २८ पछिका सबै निर्णय खारेज भएर जेठ २ मा फर्कनुपर्छ। तर उनले त्यसयता कयौँ निर्णय गरिसके, उनले भने,उनैले २०३ केन्द्रीय सदस्यलाई २६० बनाएर अर्को जालझेल गरेछन्। ओलीले यी सबै निर्णय फिर्ता गरेर आएमा हामी मिल्ने सम्भावना छ। यदि यसो भएमा अर्को बाटो हिँड्नु नपर्ने हुनसक्छ।’

खतिडाले ओलीकै कारण एमाले विभाजित हुन लागेको पनि बताए। ‘तर ओली सुध्रिने सम्भावना कम हुँदै गएको छ। ओलीले गल्ती स्वीकारेर लचक भएमा हामी रोकिन्छौँ नत्र नयाँ पार्टीको प्रक्रिया सुरु हुन्छ, उनले भने।

खतिवडाले नेकपा रहँदा पनि ओलीले नै फुटाउन चाहेको बताउँदै अहिले पनि ओलीकै कारण एमाले फुट्न लागेको दाबी गरेका छन्।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...