View Point Long Banner Ad

‘लोकतन्त्रले जनतालाई डेलिभर गर्छ’ भन्नेमा नेपाल विश्वास गर्छः परराष्ट्र सचिव पौड्याल 

काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्यालले ‘लोकतन्त्रले जनतालाई डेलिभर गर्छ’ भन्नेमा नेपालले विश्वास गर्ने बताएका छन् ।  संयुक्त राष्ट्रसंघको ७७ औँ महासभाको अवसरमा मंगलबार अमेरिकाको न्यूयोर्कमा आयोजित ‘डेमोक्रेसी डेलिभर्स’ विषयक उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

‘हामी लोकतन्त्रका ‘त्रिदिशात्मक’ नतिजा अर्थात शान्ति, मानवअधिकार र विकासमा केन्द्रित भएकाले ‘लोकतन्त्रले जनतालाई डेलिभर गर्छ’ भन्नेमा नेपाल विश्वास गर्छ,’ उनले भने ।  कार्यक्रममा बोल्दै परराष्ट्र सचिव पौड्यालले नेपालको संविधानले सर्वव्यापी रूपमा स्वीकार्य लोकतान्त्रिक सिद्धान्तलाई मान्यता दिएको, समानुपातिक प्रतिनिधित्व र राष्ट्रिय जीवनमा समाजका सबै वर्गको सहभागिताको प्रत्याभूति गरेको बताए ।

राजनीतिक मुद्दा टुंगिएपछि अहिले नेपाल गरिबी, अल्पविकसित र पछौटेपनविरुद्ध लडिरहेको उनले जनाए ।  यसको लागि नेपालको प्राथमिकतामा कृषिको आधुनिकीकरण, पूर्वाधार विकासको तीव्रता, जलविद्युतको विशाल सम्भावनाको उपयोग, पर्यटन र  जनशक्ति विकास रहेको उनले जानकारी दिए ।

परराष्ट्र सचिव पौड्यालले कार्यक्रममा निजी क्षेत्रका लागि सिर्जना गरिएको सक्षम वातावरण र स्वदेशी तथा विदेशी लगानीलाई जोगाउन तयार गरिएको बलियो कानुनी तथा नीतिगत संरचनाबारे प्रकाश पारेका थिए ।


जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रतिनिधिसभा पुनर्स्थापनामा सभामुखले पाएनन् दलहरुको ‘ग्रीन सिग्नल’

प्रतिनिधिसभा पुनर्स्थापनामा सभामुखले पाएनन् दलहरुको ‘ग्रीन सिग्नल’

वि.सं.२०८२ असोज २९ बुधवार १८:११

काठमाडौँ । विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूमध्ये नेकपा एमाले...

मन्त्री घिसिङ र जर्मन राजदूतबिच भेटवार्ता

मन्त्री घिसिङ र जर्मन राजदूतबिच भेटवार्ता

वि.सं.२०८२ असोज २९ बुधवार १५:५४

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात...

जेनजीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो : प्रचण्ड

जेनजीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो...

वि.सं.२०८२ असोज २९ बुधवार १५:५२

धादिङ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक...

फेसबुकले होइन, केन्द्रीय कमिटीले भन्यो भने हट्छु : ओली

फेसबुकले होइन, केन्द्रीय कमिटीले भन्यो भने हट्छु...

वि.सं.२०८२ असोज २९ बुधवार १३:२७

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कतिपय...

नेतृत्व लिन नयाँ पुस्ता तयार छ : नैनसिंह महर

नेतृत्व लिन नयाँ पुस्ता तयार छ :...

वि.सं.२०८२ असोज २९ बुधवार १३:०१

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको आन्तरिक...