View Point Long Banner Ad

एमालेद्वारा काभ्रेमा उम्मेदवार सिफारिस, माओवादी छलफलमा ब्यस्त

आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि नेकपा (एमाले) काभ्रेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस कार्य टुङ्ग्याएको छ ।

नेकपा (माओवादी केन्द्र)ले भने उम्मेदवार सिफारिस छनोटका लागि छलफलमा जुटिरहेको जनाएको छ । काभ्रेमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र रहेका छन् । जिल्लास्थित नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले संविधानसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको नाम यसअघि नै सिफारिसकार्य टुङ्ग्याइसकेका छन् ।

एमालेको क्षेत्रीय कमिटीले प्रतिनिधिसभा क्षेत्र नं १ का लागि दुई महिलासहित छ उम्मेदवार सिफारिस निर्णय गरेको छ । सिफारिस गरिएकामा नवीना लामा, अम्बुभवानी कार्की, चन्द्र लामा, नारायण पाण्डे, कुलचन्द्र अधिकारी र रेशम लामा रहेका छन्। यस निर्वाचन क्षेत्रअन्तर्गत दुई प्रदेशसभा क्षेत्रमा प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस भइसकको एमालेले जनाएको छ ।

यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ का लागि गोकुलप्रसाद बाँस्कोटालाई सर्वसम्मत एकल उम्मेदवार सिफारिसको निर्णय गरेको छ । यस निर्वाचन क्षेत्रअन्तर्गतका दुई प्रदेशसभा क्षेत्रमा पनि प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस भइसकेको पार्टी जिल्ला सचिव राजन भुर्तेलले जानकारी दिए । उनका अनुसार आजदेखि प्रतिनिधिसभाका दुई र चार प्रदेशसभा निर्वाचन क्षेत्रमा सामनुपातिकतर्फका उम्मेदवार सिफारिसका लागि छलफल गरिनेछ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...