राष्ट्रियसभामा ‘साइबर स्यालहरू’ भन्दै सांसद खनिएपछि…
नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आलेमगरले पार्टी अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवासँग भएको भेटसँग जोडेर झूट प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।
सांसद आलेमगरले गलत हल्ला फैलाउने कार्य भएको भन्दै आक्रोश पोखे । उनले त्यस्तो हल्ला फैलाउनेलाई साइबर स्यालको संज्ञा पनि दिए । । सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौंथाईवालेको उपस्थितिमा भएको पार्टी अध्यक्ष दाहाल र राणाबीचको भेटमा यस्तो सहमति हुनै नसक्ने जिकिर समेत गरे ।
वि.सं.२०७९ साउन २ सोमवार १९:२१
















