View Point Long Banner Ad

सुनचाँदी चोरी गर्ने तीनजना पक्राउ

प्रहरीले नक्साल नागपोखरीस्थित सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीको गरगहना चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ तथा प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरी टोलीले नागपोखरीस्थित सन्तोषी माताको मूर्तिमा जडित सुन तथा चाँदीका गरगहना चोरी गर्ने सिन्धुपाल्चोकको चौताराकी १८ वर्षीया सविना पराजुली, गुल्मीको मुर्साकोटका २५ वर्षीय विष्णु पछाई र सर्लाहीको लालबन्दीका २० वर्षीय सिद्धार्थ बुढाथोकीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँ महानगरपालिका–१ नक्साल नागपोखरीस्थित सन्तोषी माताको मन्दिरको ताल्चा फोरेर सुन तथा चाँदीको गरगहना चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । उनीहरुले रु १२ लाख मूल्य बराबरका गरगहना चोरी गरेको खुलेको छ ।

प्रहरीले पक्राउ परेकाहरूबाट सुनको तिलहरी एक थान, चाँदीको करुवा दुई थान, चाँदीको सिसादानी एक थान, चाँदीको सुकुन्दा एक थान, चाँदीको ऐना एक थान, चाँदीको मुकुट एक थान, चाँदीको पाता दुई थान, चाँदीको दियो पाँच थान, चाँदीको गिलास दुई थान, कचौरा चार थान, चम्चा तीन थान, चाँदीको माला एक थान, विभिन्न सिक्का १३४ थानलगायत सामग्री बरामद गरेको छ ।

पक्राउ परेका तीनैजनालाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद २० को चोरी तथा डाँकासम्बन्धी कसुरको देहाय २४१ अन्तर्गत चोरी गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रवक्ता मैनालीले जानकारी दिए ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...