महाभियोगमा एमालेले पनि सहयोग गर्ने
कानुनमन्त्री दिलेन्द्रप्रसास बडुले सर्वोच्चमा देखिएको गतिरोध अन्त्यका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग दर्ता गरिएको बताएका छन् । न्यायालयमा देखिएको गतिरोध हटाउन आग्रह गर्दा प्रधानन्यायाधीश जबराले नमानेपछि महाभियोग बाटो अवलम्बन गर्नुपरेको उनको भनाइ छ ।
उनले महाभियोग प्रक्रियामा अघि बढेको बताउँदै यो बिस्तारै पास हुने पनि बताए । यसमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि साथ दिने विश्वास व्यक्त गरे । ‘यो काँग्रेस, एमाले वा माओवादीको विषय होइन । यो न्यायालयलाई गति दिने कुरा हो । यसमा एमालेले पनि साथ दिन्छ भन्ने विश्वास छ,’ उनले भने ।
वि.सं.२०७८ फागुन १ आइतवार १२:५६
















