रोटरी क्लब अफ काठमाडौ कलन्की को तेस्रो क्लव एसेम्बली बैठक सम्पन्न भयो।
मिति २०८१ पौष १३ गते ( तदअनुसार २०२४ डिसेम्बर २८) रोटरी क्लब अफ काठमाडौ कलन्की को तेस्रो क्लव एसेम्बली बैठक सम्पन्न भयो। क्लबका प्रेसिडेन्ट रो. शान्त बहादुर कुवर को अध्यक्षतामा बसेको उक्त बैठकमा डिस्ट्रीक असिस्टेन्ट गभर्नर रो. ईश्वरी शाहको उपस्थिती रहेको थियो। बैठकको दौरानमा प्रेसिडेन्ट कुवरले क्लबको गतिविधि प्रस्तुत गर्नु भएको थियो। उक्त कार्यक्रममा क्लबका बिभिन्न कमिटीका चीएर हरुबाट कमिटीका गतिबिधिहरु बारे प्रस्तुतिकरण गर्नु भएको थियो। प्रस्तुतीकरण को शिलशिलामा एड्मिन तर्फवाट रो. शान्त बहादुर बि क, मेम्बरशिप तर्फबाट रो. अनिता दाहल, टि आर एफ को तर्फ बाट रो. सुलोचना सिग्देल, सर्बिस प्रोजेक्ट को तर्फबाट रो. गोकुल भण्डारी र पब्लिक इमेजको तर्फ बाट रो. रुपक पन्त बाट प्रस्तुत गरिएको थियो। कार्यक्रमको अन्त्यमा डिस्ट्रीक्त असिस्टेन्ट गभर्नर रो. शाह र क्लब प्रेसिडेन्ट रो. कुवर बाट क्लब को आगामी कार्यक्रम तथा हितका लागि मन्तब्य समेत दिनु भएको थियो।
वि.सं.२०८१ पुस १४ आइतवार १७:३७
















