View Point Long Banner Ad

बुढीगण्डकी आयोजना यथाशीघ्र अघि बढाउन माग,११ बुँदे मागसहित दश दिने अल्टिमेटम

‘तीन करोड नेपालले उज्यालोमा बस्न पाउँछन् भने हामी केही हजार थातथलो छोड्नुपर्छ भनेर तयार भयौं,

काठमाडौं, २० भदौ

बुढीगण्डकी जलविद्युत आयोजना निर्माण अघि बढाउन माग गर्दै आयोजना राष्ट्रिय सरोकार समितिले दबाबमूलक आन्दोलन घोषणा गरेका छन् ।

काठमाडौंमा आइतवार पत्रकार सम्मेलन गर्दै आयोजना सरोकार समितिका संयोजक हरेराम ढकालले१० दिनभित्र माग सुनुवाइ नगरे माइतीघर मण्डलमा निरन्तर धर्ना र प्रदर्शन गर्ने चेतावनी दिए।

आयोजना अलपत्र पर्दा आफूहरु सुकुम्बासी बन्ने अवस्था आएको भन्दै डुवान क्षेत्रका वासिन्दाको तर्फबाट समितिले काठमाडौं केन्द्रित विरोध कार्यक्रम घोषणा गरेका हुन् । आइतबार बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गरी विभिन्न ११ बुँदे माग अघि सार्दै असोज १ देखि माइतीघरमा प्रदर्शन गर्ने बताएको छ ।

समितिका संयोजक हरेराम ढकालले सरकार आयोजनालाई पूर्ण रुपमा बेवास्ता गरेको बताए । ‘आयोजनामा मुआब्जा वितरण शुरु भएपछि ७८ जना मन्त्री फेरिइसके, आयोजनाप्रति कोही गम्भीर छैनन्,’ उनले भने, ‘हामीले राज्यले दिन्छु भनेको बाहेक अरु केही मागेका छैनौं, तैपनि आयोजना कसको कारण रोकिइरहेको छ ?

तत्काल निर्माण शुरु हुन सक्ने देशका थोरै आयोजनामध्ये बुढीगण्डकी पनि एक हो । तर सरकारकै कारण आयोजना अघि बढ्न नसकेको ढकालले बताए । ‘डीपीआर लगायतका काम सकिएर तत्काल निर्माणका जान सक्ने आयोजना निर्माण हुन के कारणले रोकियो ?’ संयोजक ढकालले प्रश्न गरे ।

यस्ता छन् ११ बुँदे मागहरु :

१, घर, गोठ, संरचना र बोटविरुवाको यथार्थ लगत संकलन गरियोस्, तत्काल मूल्य निर्धारण गरी वितरण गरियोस्। घर, गोठलगायतका भौतिक संरचनाको मुआब्जामा ह्रासकट्टी नगरियोस्।

२ , मुआब्जा पाउन बाँकी जग्गाको तत्काल मुआब्जा वितरण गरियोस्।

३ , घरबस्ती भएको जग्गा (घडेरी) वा सहायक मोटरबाटोले छोएको जग्गाको मुआब्जा जिल्ला मुआब्जा समितिले तोकेकै बराबर प्रतिरोपनी ७ लाख ७३ हजार रुपैयाँ दिइयोस्।

४ ,दर्ता छुट भएको जग्गालाई भोगचलनको आधारमा मुआब्जा वितरण गरियोस्।

५ , सुकुम्बासी र ऐलानी जग्गामा बसोबास गर्नेलाई मन्त्रिपरिषदको निर्णयअनुसार मापदण्ड बनाएर तत्काल मुआब्जा दिइयोस्।

६ , जिल्ला मुआब्जा समिति गोरखा र धादिङले मुआब्जा निर्धारण गर्दा मन्त्रिपरिषदलाई सिफारिस गरेका बुँदाहरु मन्त्रिपरिषद बैठकबाट पारित गरी कार्यान्वयन गरियोस्।

७ , मुआब्जासँग सम्बन्धित गुनासो तथा उजुरी तत्काल सुनुवाइ गरी डुवान क्षेत्रभित्र परेका सबै जग्गाको मुआब्जा पाउने सुनिश्चित गरियोस्।

८ ,मुआब्जा निर्धारण समितिको निर्णयअनुसार ५ रोपनीभन्दा कम जग्गा हुनेलाई मुआब्जामा १५ प्रतिशत र १० रोपनी भन्दा कम जग्गा हुनेलाई मुआब्जामा १० प्रतिशत थप रकम दिइयोस्।

९ , पुनर्वास, पुनर्स्थापनाको ग्यारेन्टी गरियोस्। डुवान क्षेत्रका वासिन्दालाई हाल बसोबास गरिरहेकै वडामा पुनर्बास गर्ने गरी उपयुक्त र पायक पर्ने स्थानमा जग्गा रोक्का गरियोस्।

१० , डुवान क्षेत्रका वासिन्दाको सेयर स्वामित्व सुनिश्चित हुने गरी बुढीगण्डकी आयोजनाको निर्माण मोडालिटी टुंगो लगाई निर्माण अघि बढाइयोस्।

११ , बूढीगण्डकी जलविद्युत आयोजनाले जनताले पाएको मुआब्जामा अनियमित रुपले पुँजीगत लाभकर भन्दै कानुनी मापदण्ड विपरीत जनताको पैसा कटाई वितरण गरेको हुँदा सो फिर्ता गरियोस्।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...