View Point Long Banner Ad

काठमाडौंमा उपत्यकामा यो वर्षकै सबैभन्दा ठूलो वर्षा : सडक अवरुद्ध,बस्तीमा बाढी पस्यो

काठमाडौं, २१ भदौं ।
काठमाडौंमा उपत्यकामा यो वर्षकै सबैभन्दा ठूलो वर्षा भएको छ । गए राति २ बजेदेखि काठमाडौं उपत्यकामा मेघगर्जनसहित ठूलो पानी परेको छ । बाढीले । खोला किनारका बस्ती पनि डुबानमा परेका छन् ।शंखमुल पार्क लगायतका क्षेत्र डुबानमा परेका छन्

प्रहरीका अनुसार रातभर परेको वर्षाका कारण भित्रि सहरमा ढल तथा निकासको राम्रो प्रवन्ध नहुँदा घट्टेकुलो, बानेश्वर, गुह्वेश्वरीलगायतका स्थानका केही घरमा पानी पस्नुका साथै सडक जलमग्न बनेको छ ।
गुहेश्वरी आसपासमा आएको बाढीले सोमबार बिहान सडक अबरुद्ध हुन पुगेको थियो । वरपरका केहि घरमा समेत पानी पसेको बताइएको छ ।

पछिल्लो तथ्याङ्क आइनसकेकाले अझ यो भन्दा धेरै वर्षा भएको हुन सक्ने मौसमविद् अर्यालले बताएका छन् । यसपालि बर्खा लागेपछि पहिलो पटक छोटो समयमा एकै पटक यति ठूलो वर्षा भएको पनि मौसमविद् अर्यालले बताए ।
पछिल्लो एक घण्टामा भक्तपुरको नगरकोटमा पनि ४१ मिलिमिटर पानी परेको छ ।

मनसुनी न्यून चापीय रेखा सामान्य अवस्था भन्दा तल रहे पनि बङ्गालको उत्तर पूर्वी भू–भागमा बनेको जलवाष्पयुक्त हावाको प्रभावले स्थानीय वायुको समेत विकास हुँदा मेघगर्जनसहित ठूलो पानी परेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।

अहिले पनि काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ ।आज दिनभरि नै मौसम बद्ली भइ धेरै ठाउँमा पानी पर्ने पर्ने जनाइएको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...