View Point Long Banner Ad

राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्रीको चासो, आज ब्रिफिङ

 

 

९ मंसिर, काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाको अवस्थाको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राखेका छन् । त्यसैले आज उनलाई आयोजनाको पछिल्लो प्रगति र समस्याका विषयमा ब्रिफिङको कार्यक्रम राखिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा दिउँसो तीन बजे राष्ट्रिय गौरवका आयोजनाको अवस्थाका सम्बन्धमा ब्रिफिङ कार्यक्रम राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

हाल राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति सन्तोषजनक छैन । धेरैजसो आयोजनाहरु समस्यामा छन् । अन्तरसरकारी समन्वय नहुँदा आयोजनाहरु तोकिएको समयमा सम्पन्न हुन सकेका छैनन् ।

राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने लक्ष्यका हिसाबले सरकारको १५औं आवधिक योजना ८२ प्रतिशत असफल भएको छ । १५औं योजना २०७६र७७–२०८०र८१ भित्र १७ राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएकोमा तीन आयोजना मात्र सम्पन्न भए । यो लक्ष्यको १८ प्रतिशत मात्रै हो ।

 

यसैलाई ध्यानमा राखेर प्रमुख महत्वका आयोजनाहरुको प्रत्यक्ष अनुगमन गर्न सकिने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘एक्सन रुम’ नाम दिएर आधुनिक प्रविधियुक्त कक्ष बनाइएको छ । प्रधानमन्त्रीले यही कक्षबाट आयोजना स्थलको प्रत्यक्ष अनुगमन र प्रदेशका मुख्यमन्त्रीहरुसँग पनि प्रत्यक्ष छलफल गर्न सक्छन् ।

राष्ट्रिय गौरवका आयोजनामध्ये पश्चिम सेती र सेती नदी(६ ९एसआर(६० जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० मस्यौदा भारतीय कम्पनी एनएचपिसी लिमिटेडले लगानी बोर्डलाई भने बुझाएको छ । काठमाडौं मेट्रो र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम नै सुरु भएको छैन ।

समस्या समाधानमा राज्य गम्भीर नदेखिँदा आयोजना म्याद थप गर्दै लम्ब्याउने काममात्र भइरहेको छ । यसले एकातर्फ आयोजनाका संरचना जीर्ण बनेका छन् भने अर्कातर्फ लागत उच्च दरमा बढिरहेको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...