View Point Long Banner Ad

नलगाडमा सरुवा भएर आएका हाकिम बाटोबाटै फिर्ता

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नलगाड नगरपालिकामा पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई बाटोबाट फर्काइएको छ। साउन २७ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा गरी आएका प्रमुख प्रशासकीय अधिकृत गोपाल शाहीलाई नगरपालिकाले बाटोबाटै फर्काएको हो। बिहीबार नगर प्रमुख डम्बरबहादुर रावतले मन्त्रालयलाई पत्राचार गरेर शाहीलाई फिर्ता पठाएका हुन्। नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिरी गराउन नसकिने भन्दै पत्र लेखेपछि शाही बाटोबाटै फर्किएका छन्।

मन्त्रालयले नलगाडमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत (शाखा अधिकृत) दिनेश भट्टराईलाई सरुवा गरेर सो ठाउँमा शाहीलाई सरुवा गरे पनि भट्टराईलाई नै प्रमुख प्रशासकीय अधिकृत चाहियो भन्दै नगर प्रमुख डम्बर रावतले मन्त्रालयलाई पत्र लेखेका छन्।

भट्टराई एक वर्षदेखि नलगाडमा कार्यरत छन् । नयाँ कार्यालय प्रमुख शाही नलगाडवासी नै हुन्। जिल्ला प्रशासन कार्यालय, जाजरकोट, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय सुर्खेतलगायत अन्य ठाउँमा बसेर सात वर्षभन्दा बढी निजामती सेवामा अनुभव बटुलेका शाहीलाई नलगाड नगर प्रमुख रावतले हाजिरी नगर्ने भन्दै मन्त्रालयमा पत्र लेखेका हुन्।

जुम्लाको गुठीचौर गाउँपालिकामा पहिलोपटक प्रमुख प्रशासकीय अधिकृत भएर गएका भट्टराई दुई महिना टिक्न नसकी मन्त्रालयमा तानिएका थिए । नलगाड नगरपालिकामा आएदेखि विवादमा पर्दै आएका भट्टराई सेवाग्राहीलाई दु:ख दिने, कर्मचारीभित्र विवाद ल्याउनेदेखि व्यक्तिगत रिसइवी साँध्नेसम्मका कामहरू गर्दै आएको शिक्षा शाखाका बलवीर विकले बताए।

शाहीलाई नगर प्रमुख रावतले भदौ ३ गते सुर्खेतको छिन्चुमा भेटेर छिटो रमाना लिएर आउन र हाल रहेका प्रमुख प्रशासकीय अधिकृत भट्टराईलाई आफू नलगाड गएर बिदाइ गर्छु भन्दै आसपास गफ दिएका थिए। अन्तिममा आएर हाजिरी गर्न नसकिने भन्दै मन्त्रालयमा पत्र पठाएको सार्वजनिक भएको छ।

हरेक सार्वजनिक कुरा गुपचुप हुँदै आएको नलगाडमा अहिले भारी मात्रामा विवाद बढेको नेपाली कांग्रेस जाजरकोटका युवा नेता छवि पन्तले बताए । उपनिर्वाचनलाई रुचाएको हाकिममार्फत सम्पन्न गर्नका लागि नगर प्रमुखले आफ्नो पार्टीनिकट हाकिमलाई निरन्तरता दिन चाहेको एक कर्मचारीले बताए।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...