View Point Long Banner Ad

देशभरका नगरपालिका र गाउँपालिकामध्ये नीलकण्ठ र बेनीघाट उत्कृष्ट

स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली (लिजा)मा नगरपालिका र गाउँपालिका दुवैतर्फ धादिङ देशकै उत्कृष्ट बनेको छ । नगरपालिकातर्फ नीलकण्ठ र गाउँपालिकातर्फ बेनीघाट रोराङ सर्वाधिक अंकसहित देशकै उत्कृष्ट बनेका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विकास गरेको लिजा एउटा परीक्षा हो । लिजामा देशभरका नगरपालिका र गाउँपालिकामध्ये नीलकण्ठ नगरपालिकाले ९२.५० अंक र बेनीघाट रोराङ गाउँपालिकाले ८७ अंक पाएको छ ।

विभिन्न सयवटा सूचकमा भएको मूल्यांकनका आधारमा आव ०७९/८० मा नगरपालिका उत्कृष्ट बनेको नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाले बताए ।

‘नीलकण्ठ नगरपालिका ९२.५० अंक ल्याएर देशकै उत्कृष्ट नगरपालिका बनेको हो । सुशासन, आर्थिक पारदर्शिता, जवाफदेहिता, प्रवाह भइरहेका सेवा, सूचनाको हकलगायत विभिन्न सूचकमा नगरपालिकाले उत्कृष्ट नतिजा ल्याएको छ,’ उनले भने, ‘यसमा जनप्रतिनिधि, कर्मचारीको काम र नगरवासीको सुझाव तथा उत्प्रेरणा महत्वपूर्ण छ ।’

यो नतिजाले विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषिलगायत क्षेत्रमा थप परिस्कृत गर्न उत्साह थपेको नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माले बताए ।

बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलियाले विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, सुशासन, आर्थिक पारदर्शिता, जवाफदेहितालगायत हरेक क्षेत्रमा स्थानीय सरकारलाई दिएको काम, कर्तव्य र अधिकारको उच्चतम कार्यान्वयनले देशकै उत्कृष्ट गाउँपालिका बन्न सफल भएको बताए ।

‘शासक नभएर जनताको सुखदुःखको सारथि भएर काम गरिरहेका छौँ । जनताप्रति उत्तरदायी भएर काम गरे सफलता मिल्छ भन्ने यो एउटा उदाहरण हो,’ उनले भने ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...