View Point Long Banner Ad

वैदेशिक रोजगारीमा जाने श्रम स्वीकृति अब एक घण्टामै

काठमाडौं । वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारले अबदेखि १ घण्टामा श्रम स्वीकृति पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्र्तगतको काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयले आवश्यक कागजपत्र पुगेको अवस्थामा एक घण्टामै सबै खालको श्रम स्वीकृति उपलब्ध गराउने जनाएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी)अर्यालले श्रमिकले सबै प्रक्रिया पूरा गरी आवश्यक कागजपत्रसहित कार्यालय समयमा अनलाइनबाट आवेदन दिएमा २ मिनेट ४४ सकेन्डमा नै श्रम स्वीकृति प्रदान गर्न सक्ने अवस्था रहेको बताएका हुन् । मन्त्री अर्यालले प्राविधिक समस्या, विद्युत्को आपूर्ति र इन्टरनेटको स्पिडलाई ध्यानमा राखेर एक घण्टमा श्रम स्वीकृति दिन सक्ने अवस्था रहेको बताए ।

श्रममन्त्री अर्यालले पदभार ग्रहण गरेसँगै श्रम स्वीकृतिको प्रक्रियालाई एक घण्टामा छोट्याउन फेमिसका सफट्वेयर तथा हार्डवेयरका आपूर्तिकर्ता तथा कर्मचारीलाई निर्देशन दिएका थिए । ‘हाफ पाइन्ट, टिसर्ट र चप्पल लगाएर, चर्को मिटर ब्याजमा ऋण लिएर वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिन आउने श्रमिकलाई फेरी तीन÷चार दिन लगाएर अल्झाउने काम कुनैपनि हालतमा स्वीकार्य नहुने श्रममन्त्री अर्यालले बताए ।

श्रम स्वीकृति पूर्णरूपमा निःशुल्क हो । श्रमिकले आप्mनै मोबाइल वा कम्पप्युटरबाट अनलाइन आवेदन दिन सक्नेछन् । श्रम स्वीकृति पनि अनलाइनबाट नै प्राप्त गर्न सक्नेछन् । यसका लागि कार्यालय धाइरहनु नपर्ने मन्त्री अर्यालले बताए । एक घण्टामा नै श्रम स्वीकृति प्रदान गर्न वैदेशिक रोजगार कार्यालयले हाल पुनः श्रम स्वीकृतिलाई एउटै तहबाट स्वीकृति प्रदान गर्न थालेको छ । हाल वैदेशिक रोजगार व्यवस्थापन सेवाप्रवाह कार्यविधि–२०७९ संशोधन गरी एकै तहबाट श्रम स्वीकृति दिने व्यवस्था गरिएको छ । यसले श्रम स्वीकृतिको प्रक्रिया निक्कै सहज बनाएको श्रममन्त्री अर्यालले बताए ।

फेमिस सफ्टवेयर परामर्शदाताका एक जना प्राविधिकलाई विभागमा डेडिकेटेड रूपमा राखिएको छ । यसका साथै कर्मचारीले दुईवटा सिफट्मा परिचालन गरिएको छ । बिहान ७ देखि बेलुका ९ बजेसम्म गरी कर्मचारीले दुई सिफट्मा काम गर्दै आएका छन् । त्यस्तै, सार्वजनिक बिदा र शनिबारका दिन पनि कर्मचारीलाई परिचालन गरिएको श्रममन्त्री अर्यालले बताए ।

वैदेशिक रोजगार कार्यालयले अहिले कर्मचारीलाई प्रत्येक दिन श्रम स्वीकृतिका लागि निश्चित कोटा तोकेको छ । काठमाडौं भन्दा बाहिरका ६ वटै प्रदेशबाट नयाँ कम्तीमा ५० र पुनः श्रम स्वीकृति सयवटा टोकनको व्यवस्था गरिएको छ । श्रम स्वीकृतिका लागि श्रमिकले मुख्य गरी पासपोर्ट, भिसा र रोजगारदातासँगको सम्झौतापत्र पेस गर्नुपर्नेछ । त्यस्तै, श्रमिकले बिमा, कल्याणकारी कोष र सामाजिक सुरक्षा कोषको शुल्क भुक्तानी गरेको हुनुपर्नेछ ।

वैदेशिक रोजगारमिा जाने श्रमिकलाई सहज रूपमा श्रम स्वीकृति प्रदान गर्न वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली ९फेमिस० सञ्चालनमा ल्याएको हो । अहिले दैनिक औसत १ हजार ६ सय जनालाई श्रम स्वीकृति प्रदान गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...