View Point Long Banner Ad

परवीन बाबीको अन्तिम दिन सम्झेर भावुक हुन्छन् अमिताभ

एजेन्सी। बलिउड अभिनेत्री परवीन बाबीले संसार छाडेको तीन दिन भयो । तथापि, उनको जीवनको अन्तिम समयको अवस्था सम्झँदा अभिनेता अमिताभ बच्चन निकै दुःखी हुन्छन् । आफूसँगै थुप्रै चलचित्रमा काम गरेकी परवीनले जीवनको अन्तिम क्षणमा अनौठो रोगबाट पीडित भएर ज्यान गुमाउनुपरेको घटनासँगै आफ्नो मानसपटलमा रहने गरेको अतिभावको कथन छ । बलिउडकी कुनै समयकी हिट अभिनेत्री परवीनको दुःखद मृत्युले आफूलाई कहिल्यै पनि घमण्ड गर्नुहुँदैन भन्ने पाठ सिकाएको अमिताभको कथन छ ।

हिन्दी सिनेमाको स्टाइलिस र बोल्ड अभिनेत्री मानिने परवीनको जीवनको अन्तिम क्षण निके पीडादायी बनेको थियो । आफूले के बोलिरहेको छु भन्ने उनी स्वयंलाई हेक्का हुँदैन थियो । यस्तै, आफ्नो एउटा भनाइले उनी त्यतिबेला भाइरल पनि भएकी थिइन् ।

यसबाहेक सान् १९८९ मा फिल्मफेयर म्यागजिनलाई दिएको अन्तर्वार्तामा परवीनले अमिताभ बच्चन सुपर इन्टरनेसनल ग्याङ्स्टर भएको दाबी गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘अमिताभले मलाई मार्न खोजेका छन् र उनको गुण्डाले मलाई अपहरण गरेर आयरल्यान्डमा राखेका छन्, यहाँ तिनीहरूले शल्यक्रिया गरेर मेरो कानको पछाडि चिप पनि राखेका छन् ।’ उनको यो अन्तर्वार्तासँगै परवीनको एउटा तस्बिरसमेत फिल्मफेयरमा प्रकाशित भएपछि उनी भाइरल भइन् । त्यतिबेला उनको कानको पछाडि काटिएको पनि देखियो । यो अन्तरवार्ताले अमिताभ बच्चन छक्क मात्र परेनन् । उनले परवीनलाई चाँडै उपचार गर्नुपर्छ भनेर अपिल पनि गरे ।

तर, उनी त्यसपछि धेरै बाँचिनन् । उनी तीन दिनसम्म घरबाट बाहिर आइनन् । उनको घरबाट दुर्गन्ध आएपछि छिमेकीले प्रहरीलाई बोलाएर घरको ढोका खोल्न लगाए । उनी आफ्नो घरको भुँइमा मृत अवस्थामा थिइन् । तीन दिनअघि नै बितेकी उनको शव पूरा सड्न थालेको थियो । अभिनेत्री परवीनलाई त्यतिबेला प्यारानोइड सिजोफ्रेनिया भनिने निको नहुने रोग लागेको थियो । यो रोगका कारण उनलाई ’चयगलमका मानिसले मार्नका लागि खोजिरहेका छन् भन्ने लाग्थ्यो । त्यसैले जीवनको अन्तिम क्षणमा उनले आफूलाई अमिताभले मार्न खोजेको भन्ने भान पर्न गएको थियो ।

परवीन बाबीले बीआर इसाराको फिल्म चरित्रबाट बलिउडमा डेब्यु गरेकी थिइन् । यो फिल्म फ्लप साबित भए पनि नायिकाको सौन्दर्यले सबै प्रभावित भए । पछि उनलाई अफर आउन थाल्यो र केही समयपछि उनी शीर्ष अभिनेत्री भइन् । ड्यानी डेन्जोङ्पाबाहेक परवीन बाबीको वीर बेदी र महेश भट्टसँग प्रेम सम्बन्ध रह्यो र पछिसम्म पनि सम्बन्ध मधुर नै भयो ।

सन् १९८३ मा परवीन एक फिल्मको सुटिङबाट बेपत्ता भइन् । उनको ’दयगतमा धेरै खोजी गरे तर कुनै खबर पाउन सकेन । उनीमाथि अन्डरवल्र्डका मानिसले नजर राखेर अपहरण गरेको खबर पनि बाहिर आएको थियो । तर, त्यसपछि सन् १९८४ मा न्युयोर्क एयरपोर्टबाट अभिनेत्री परवीनलाई प्रहरीले समातेको खबर आयो । प्रहरीले केही समय थुनामा राखेर भारत पठाउन लाग्दा उनले यी अभिनेत्रीले एयरपोर्टमा अनौठो व्यवहार गरिरहेकी थिइन् । उनले आफूलाई नायिका भनेर त्यतिबेलासम्म चिनाएकी थिइनन् । पछि उनी अभिनेत्री भएको कुरापछि थाहा पाएर प्रहरीले सम्मानपूर्वक भारत पठायो । त्यतिबेलादेखि यो रोगको सिकार भएकी परवीनलाई सोही रोगले ज्यान लियो ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...