भारतीय गाडीबाट १ करोड ८२ लाख बढी नक्कली नोट बरामद
भारतीय गाडीबाट १ करोड ८२ लाख बढी नक्कली नोट बरामद
काठमाडौं। भारतीय नम्बर प्लेटको गाडीबाट १ करोड ८२ लाख बढी नक्कली नोट बरामद भएको छ।
सुनसरी प्रहरीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडीबाट १ करोड ८२ लाख ५१ हजार बराबरको नक्कली नोट बरामद गरेको हो। नक्कली नोटसहित प्रहरीले १ जना भारतीय नागरिकलाई समेत पक्राउ गरेको छ।
नक्कली नोटहरु झोलामा राखेर, बोराभित्र कोचिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। नक्कली नोटसँगै बरामद गाडी र चालकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
वि.सं.२०८० माघ २९ सोमवार १०:१४
















